आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाको कार्य विवरण
उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन सम्बन्धी नीति, कानून, मापदण्ड नियमन सम्बन्धी कार्यहरु,
उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति, कानून मापदण्ड र नियमन सम्बन्धी कार्यहरु,
अत्यावश्यक वस्तुहरुको राष्ट्रिय मौज्दात (बफर स्टक), सार्वजनिक गोदाम, तथा राष्ट्रियस्तरमा अत्यावश्यक वस्तु तथा सेवाको सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था सम्बन्धी कार्यहरु,
पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन, भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन सम्बन्धी कार्यहरु,
आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिण्डिकेट तथा कार्टेलिङ्गको नियन्त्रण सम्बन्धी नीति, कानून र नियमन सम्बन्धी कार्यहरु,
आपूर्तिसँग सम्बन्धित सार्वजनिक संस्थानको संचालन र नियमन सम्बन्धी कार्यहरु,
उपभोक्ता हित संरक्षण विभाग सम्बन्धी कार्यको समन्वय सम्बन्धी कार्यहरु,
उपभोक्ता हक संरक्षण सम्बन्धी संवैधानिक व्यवस्था सम्बन्धी कार्यहरु,
उद्योग, वाणिज्य तथा आपूर्ति सम्बद्ध निजी संस्थाहरुसँग सहकार्य गरी आपूर्ति व्यवस्था सहज तुल्याउने सम्बन्धी कार्यहरु।
(क) आपूर्ति नीति तथा नियमन शाखाको कार्य विवरण
उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन सम्बन्धी नीति, कानून र मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको नियमित आपूर्तिको नियमन र अनुगमन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य तथा गुणस्तर सम्बन्धी अध्ययन अनुसन्धान गर्ने गराउने सम्बन्धी कार्यहरु,
आपूर्तिसँग सम्बन्धित सम्बन्धित सार्वजनिक संस्थानहरुको संचालन सम्बन्धी कार्यहरु,
अन्तर्गतका सार्वजनिक संस्थानहरुको कार्य सञ्चालन सम्बन्धमा नियमित अनुगमनको व्यवस्था गरी आवश्यकतानुसार निर्देशन दिने सम्बन्धी कार्यहरु,
आपूर्ति सम्बन्धी सूचना संकलन तथा प्रकाशन सम्बन्धी कार्यहरु,
आपूर्ति, वितरण, मूल्य नियन्त्रण र गुणस्तर सम्बन्धी नीति, कानून र मापदण्डको कार्यान्वयन र नियमन सम्बन्धी कार्यहरु,
आपूर्ति सम्बन्धी निजि तथा गैर सरकारी संस्थासँग सम्पर्क तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
लक्षित समूह/व्यक्ति परिवारलाई सरल र सुपथ ढंगबाट अत्यावश्यक वस्तुहरू आपूर्ति गर्ने सम्भावनाको खोजी गर्ने सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने गराउने सम्बन्धी कार्यहरु,
अत्यावश्यक वस्तुहरुको राष्ट्रिय मौज्दात (बफर स्टक) अद्यावधिक गर्ने, गराउने तथा सार्वजनिक गोदामहरुको व्यवस्थापन गर्ने गराउने सम्बन्धी कार्यहरु,
पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन सम्बन्धी कार्य गर्ने गराउने सम्बन्धी कार्यहरु,
राष्ट्रिय स्तरमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्था मिलाउने सम्बन्धी कार्यहरु,
आपूर्ति तथा वितरण सम्बन्धमा सरकारी संस्थानहरू र अन्य सम्बन्धित निकायहरू जस्तै-मन्त्रालय, विभाग, आयोगहरूबीच समन्वय कायम गर्ने सम्बन्धी कार्यहरु,
आपूर्तिसँग सम्बन्धित विषयमा नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा समन्वय गर्ने सम्बन्धी कार्यहरु।
(ख) उपभोक्ता हित संरक्षण तथा समन्वय शाखाको कार्य विवरण
उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति कानून र मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति कानून र मापदण्ड कार्यान्वयन तथा नियमन सम्बन्धी कार्यहरु,
उपभोक्ताको हक अधिकार संरक्षण सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने, गराउने सम्बन्धी कार्यहरु,
उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी निजि तथा गैर सरकारी संस्थासँग सम्पर्क तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
उपभोक्ता संस्थाहरुको परिचालन तथा नियमन सम्बन्धी कार्यहरु,
उपभोक्ता सचेतना अभिवृद्धि सम्बन्धी कार्यहरु,
उपभोक्ता अदालत गठन तथा सञ्चालन सम्बन्धी कार्यहरु,
सर्वसाधारणको दैनिक जीवनयापनसग सम्बन्धित अत्यावश्यक वस्तुहरुको सूचीलाइ अद्यावधिक गर्ने, गराउने सम्बन्धी कार्यहरु,
उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी विषयमा प्रदेश र स्थानिय तहसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु,
उपभोक्ता हित संरक्षण विभाग सम्बन्धी कार्यको समन्वय सम्बन्धी कार्यहरु,
उपभोक्ता हक संरक्षण सम्बन्धी संवैधानिक व्यवस्था सम्बन्धी कार्यहरु।
(ग) बजार अनुसन्धान तथा नियमन शाखाको कार्य विवरण
आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिण्डीकेट तथा कार्टेलिङ्ग सम्बन्धी नीति योजना तथा कानून निर्माण गरी कार्यान्वयन गर्ने गराउने सम्बन्धी कार्यहरु,
राष्ट्रियस्तरमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सम्बन्धी सूचना संकलन, विश्लेषण र प्रक्षेपण गर्ने, गराउने सम्बन्धी कार्यहरु,
आन्तरिक बजार व्यवस्थापन सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने सम्बन्धी कार्यहरु,
बजारमा विक्री वितरण हुने अत्यावश्यक वस्तुहरुको मूल्य (भारत तथा अन्तर्राष्ट्रिय बजार समेतको) संकलन तथा अद्यावधिक गर्ने, गराउने सम्बन्धी कार्यहरु,
अत्यावश्यक वस्तुहरुको उत्पादन लागत, बजार मूल्यका साथै आयातित वस्तुहरुको समेत मूल्य विश्लेषण सम्बन्धी कार्यहरु,
आन्तरिक तथा बाह्य बजारको मूल्य अध्ययन तथा विश्लेषण गरी मूल्य प्रक्षेपण सम्बन्धी कार्यहरु,
विभिन्न क्षेत्रमा रहेका अत्यावश्यक वस्तुहरुको मौज्दात विवरण संकलन गरी अद्यावधिक राख्न निर्देशन दिने सम्बन्धी कार्यहरु,
आन्तरिक उत्पादन, खपत हुने परिमाण र वितरण व्यवस्थापन सम्बन्धमा अद्यावधिक विवरण तयार गर्ने र सहज आपूर्तिको व्यवस्थापनको लागि उपयुक्त उपायको खोजी गर्ने सम्बन्धी कार्यहरु,
अत्यावश्यक वस्तुको आपूर्ति (माग र आपूर्ति) प्रक्षेपण गर्ने सम्बन्धी कार्यहरु,
अत्यावश्यक वस्तुको सञ्चय र सो को पूर्वाधार विकास सम्बन्धी कार्यहरु,
निर्माण सामग्री, इन्धन लगायत अन्य अत्यावश्यक वस्तुहरूको मौज्दातको विवरण अद्यावधिक गरी राख्ने, राख्न लगाउने सम्बन्धी कार्यहरु,
आन्तरिक बजार व्यवस्थापन सम्बन्धमा प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु।