महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ दिल्लागा सप्तमी - २२

बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा

बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको कार्य विवरण

  • विश्व व्यापार संगठन र अन्य बहुपक्षीय व्यापार सम्बन्धी सबै वार्ता, सन्धि, सम्झौता कार्यान्वयन, संशोधन, अनुगमन र नियमन सम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनसँगको समन्वय, प्रतिबद्धता कार्यान्वयन, अनुगमन लगायतका कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • UN र सो अन्तर्गतका संघसंस्थाहरु, United Nations Conference on Trade and Development (UNCTAD), International Trade Centre (ITC), International Telecommunication Union (ITU), Enhanced Integrated Framework (EIF) लगायतका व्यापार सम्बद्ध अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसितको सम्पर्क, समन्वय सम्बन्धी कार्यहरु, विश्व व्यापार सँगठनसँग सम्बन्धित अन्तर-मन्त्रालय, गैर-सरकारी संस्था, निजी क्षेत्र तथा नागरिक समाजसँग गरिने बैंठक, अन्तर्क्रिया तथा अन्य कार्यक्रमहरू गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनसँग सम्बन्धित अन्तर-मन्त्रालय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा नागरिक समाजसँग गरिने बैठक, अन्तक्रिय तथा अन्य कार्यक्रमहरु गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा सितको सम्पर्क र समन्वय सम्बन्धी कार्यहरु,
  • अतिकम विकसित मुलुकको व्यापार र आर्थिक विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा पारित बहुपक्षीय नीति, रणनीति, कार्ययोजनाको कार्यान्वयन, अनुगमन र सहभागिता सम्बन्धी कार्यहरु,विश्व व्यापार सँगठन सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको प्रतिनिधित्व/सहभागिताका लागि तयारी तथा समन्वय सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनको सदस्यता लिने क्रममा जनाइएको प्रतिबद्धताहरु कार्यान्वयन गर्न विद्यमान ऐन कानूनहरूमा आवश्यकता अनुसार संशोधन तथा नयाँ कानून तर्जुमा सम्बन्धी कार्यहरु,
  • व्यापारका लागि द्विपक्षीय, बहुपक्षीय सहायता परिचालन सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठन सम्बन्धी वस्तु व्यापार, सेवा व्यापार तथा व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको व्यापार सम्बन्धी कार्यहरु,
  • वाणिज्य नीति, रणनीति तथा नेपाल व्यापार एकीकृत रणनीति तर्जुमा, संशोधन, परिमार्जन तथा कार्यान्वयनको अनुगमन सम्बन्धी कार्यहरु,
  • व्यापार घाटा न्यूनीकरण सम्बन्धी नीति रणनीति तर्जुमा, कार्यान्वयन, कार्यान्वयनको अनुगमन सम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनका लागि कर र गैरकर क्षेत्रमा गर्नुपर्ने सुधार र परिमार्जनका लागि विस्तृत अध्ययन विश्लेषण सम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • वाणिज्य तथा व्यापार सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी विषयमा सर्वेक्षण गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • व्यापार सम्बन्धी विषयमा भएका अध्ययन अनुसन्धानहरुको संकलन गरी प्रकाशन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी तथ्यांक संकलन, विश्लेषण, अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा प्रकाशन सम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • बहुपक्षीय व्यापार कूटनीतिको सञ्चालन र समन्वयसम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु ।
  • नेपालको अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति, आयातको अवस्था, निर्यातको अवस्था, निर्यातको सम्भावना भएको बजार, आयात व्यवस्थापन लगायतका विषयमा नियमित सूचना संकलन, विश्लेषण, अध्ययन गरी नीतिगत पृष्ठपोषण (Trade Intelligence) सम्बन्धी कार्यहरु,

बहुपक्षीय व्यापार शाखाको कार्य विवरण

  • विश्व व्यापार सँगठन/बहुपक्षीय व्यापार प्रणालीसँग सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठन, UNCTAD, ITC लगायतका संस्थासँगको सम्पर्क शाखा सम्बन्धी कार्यहरु,
  • जेनेभास्थित नेपालको स्थायी नियोगसँग समन्वय र सम्पर्क सम्बन्धी कार्य गर्ने,
  • विश्व व्यापा सँगठनसँग सम्बन्धित विषयमा विभिन्न निकायसँग पत्राचार गर्ने सम्बन्धी कार्यहरु,
  • WTO Focal Point को बैठक सञ्चालन तथा तत्ससम्बन्धी आवश्यक कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनसँग सम्बन्धित विभिन्न समिति/फोरम सम्बद्ध कार्यहरु सम्पादन गर्नेः
    • Ministerial Conference
    • General Council
    • Trade Policy Review Body
    • Dispute Settlement Body
    • Council for Trade in Goods र सो अन्तर्गतका विभिन्न समिति उपसमितिहरु
    • Council for Trade-related Aspects of Intellectual Property Rights र सो अन्तर्गतका विभिन्न समिति उपसमितिहरु
    • Council for Trade in Service र सो अन्तर्गतका विभिन्न समिति उपसमितिहरु
    • Trade Negotiation Committee (TNC) र सो अन्तर्गतका विशेष सत्रहरु
  • WTO Reference Center को सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठन सम्बन्धी अन्तक्रिया तथा जनचेतना कार्यक्रम संचालन गर्ने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनसम्बन्धी जानकारी मूलक पत्रिका ब्रोस्योर पुस्तिका आदि प्रकाशन तथा वितरण गर्ने,
  • विश्व व्यापार सँगठनको सदस्यता लिने क्रममा जनाइएको प्रतिवद्धता अनुसारका मुलुकको वाणिज्य सम्बन्धी नीति तथा कानूनहरुलाई कार्यतालिका अनुसार पुनरावलोकन गरी संशोधन गर्ने तथा नभएका कानून तथा नीतिहरु बनाउने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनको मन्त्रिस्तरीय सम्मेलन, साधारण परिषद् तथा अन्य परिषद् समिति उपसमितिबाट भएको निर्णयको कार्यान्वयन अनुगमन र आवधिक समीक्षा सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठन अन्तर्गतका Plurilateral Trade Agreements हरुको अध्ययन विश्लेषण गरी नेपाल पक्ष बन्न उपयुक्त हुने सम्झौताको पहिचान गरी सोको लागि प्रक्रिया अघि बढाउने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनबाट नेपाल लगायतका अतिकम विकसित सदस्य मुलुकको व्यापार विकासका लागि भएका विभिन्न निर्णयहरुको अभिलेख राख्ने तथा यस विषयमा सम्बन्धित सरोकारवालाहरुलाई जानकारी सम्प्रेषण गर्ने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनमा हुने विभिन्न सम्झौता वार्ताका लागि आवश्यक सूचना, पृष्ठपोषण र मुलुकको Position Paper तयार गरी नेपालको स्थायी नियोग र सम्बन्धित पदाधिकारीलाई उपलव्ध गराउने सम्बन्धी कार्यहरु,
  • नेपालको अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति, आयातको अवस्था, निर्यातको अवस्था, निर्यातको सम्भावना भएको बजार, आयात व्यवस्थापन लगायतका विषयमा नियमित सूचना संकलन, विश्लेषण, अध्ययन गरी नीतिगत पृष्ठपोषण (Trade Intelligence) सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनको वस्तु, सेवा तथा बौद्धिक सम्पत्तिको व्यापार सम्बन्धी सम्झौताको प्रशासन, अन्तर-मन्त्रालय समन्वय सम्बन्धमा देहाय बमोजिमका कार्यहरुः
  • वस्तु व्यापार (Trade in Goods)
    • नेपालबाट निर्यात तथा आयात हुनसक्ने वस्तुहरुको फेहरिस्त तयार गरी विश्व व्यापार सँगठनको सदस्यताबाट फाइदा लिन सक्ने रणनीति तर्जुमा तथा कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
    • विश्व व्यापार सँगठनको वस्तु व्यापारसँग सम्बन्धित सम्झौता तथा मन्त्रिस्तरीय निर्णयहरुको कार्यान्वयनसँग सम्बद्ध विभिन्न निकायहरुसँग सम्पर्क, समन्वय तथा सञ्चार गर्ने सम्बन्धी कार्यहरु,
    • वस्तु व्यापारको क्षेत्रमा नेपालको तर्फबाट विश्व व्यापार सँगठनलाई उपलव्ध गराउने सूचना एवम् जानकारीहरु (Notification) उपलव्ध गराउने सम्बन्धी कार्यहरु,
    • वस्तु व्यापारका क्षेत्रमा नेपाल सरकारले अपनाएको नीति र कार्यक्रमका बारेमा निजी तथा गैर सरकारी क्षेत्रलाई नियम कानूनको परिधिभित्र रही सुसूचित गरी उनीहरुको सहयोग र सहभागिता परिचालन गर्ने कार्यक्रमहरुको तयारी र कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
    • विश्व व्यापार सँगठनको वस्तु व्यापार सम्बन्धी सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्यहरु गर्ने सम्बन्धी कार्यहरु।
  • सेवा व्यापार (Trade in Services)
    • नेपालबाट निर्यात तथा आयात हुनसक्ने सेवा व्यापारहरुको फेहरिस्त तयार गरी विश्व व्यापार सँगठनको सदस्यताबाट फाइदा लिन सक्ने रणनीति तर्जुमा तथा कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
    • विश्व व्यापर सँगठनको सेवा व्यापारसँग सम्बन्धित सम्झौता तथा मन्त्रिस्तरीय निर्णयहरुको कार्यान्वयनसँग सम्बद्ध सरकारी क्षेत्रका निकायहरुसँग सम्पर्क र सञ्चार गर्ने सम्बन्धी कार्यहरु,
    • सेवा व्यापारका क्षेत्रमा विश्व व्यापार सँगठनलाई नेपालको तर्फबाट उपलव्ध गराउनुपर्ने सूचना एवम् जानकारीहरु (Notifications) उपलव्ध गराउने सम्बन्धी कार्यहरु,
    • विश्व व्यापार सँगठनको General Agreement on Trade in Services (GATS) अनुरुप सदस्य राष्ट्रहरुले अनुरोध गरेका विशेष सूचनाहरु (Specific Information) लाई छिटो छरितो किसिमले प्रदान गरी GATS को सोधपुछ विन्दु (Enquiry Point) को रुपमा कार्य गर्ने सम्बन्धी कार्यहरु,
    • सेवा व्यापरका क्षेत्रमा नेपाल सरकारले अपनाएको नीति र कार्यक्रमका बारेमा निजी तथा गैर सरकारी क्षेत्रलाई नियम कानूनको परिधिभित्र रही सुसूचित गरी उनीहरुको सहयोग र सहभागिता परिचालन गर्ने कार्यक्रमहरुको तयारी र कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
    • विश्व व्यापार सँगठनको सेवा व्यापार सम्बन्धी सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्यहरु गर्ने सम्बन्धी कार्यहरु,
    • सेवा व्यापारका क्षेत्रमा हुने अध्ययन-अनुसन्धानलाई प्रोत्साहित गर्ने र सेवा व्यापार सम्झौतामा सुधार गर्नुपर्ने विषयहरु पहिचान गर्ने सम्बन्धी कार्यहरु,
  • बौद्धिक सम्पत्ति (Intellectual Property) को व्यापारः
    • नेपालको सन्दर्भमा बौद्धिक सम्पत्ति संरक्षणका दृष्टिले महत्वपूर्ण हुने वस्तुहरुको पहिचान गरी तिनीहरुको संरक्षणका लागि अपनाउनु पर्ने नीति र कार्यक्रम तयार गर्ने सम्बन्धी कार्यहरु,
    • ट्रिप्स (TRIPS) सम्झौताबाट नेपालले लिनसक्ने फाइदाको अध्ययन विश्लेषण गरी यस सम्बन्धी रणनीति तयार गर्ने सम्बन्धी कार्यहरु,
    • बौद्धिक सम्पत्ति सम्बन्धी कानूनलाई परिमार्जित गर्न अपनाउनु पर्ने व्यवस्थाको तर्जुमा गर्ने सम्बन्धी कार्यहरु,
    • विश्व व्यापार सँगठनको बौद्धिक सम्पत्तिसँग सम्बन्धित सम्झौता तथा मन्त्रिस्तरीय निर्णयहरुको कार्यान्वयनसँग सम्बद्ध सरकारी क्षेत्रका निकायहरुसँग सम्पर्क र सञ्चार गर्ने सम्बन्धी कार्यहरु,
    • बौद्धिक सम्पत्तिसँग सम्बद्ध व्यापारका क्षेत्रमा विश्व व्यापार सँगठनलाई नेपालको तर्फबाट उपलव्ध गराउनुपर्ने सूचना एवम् जानकारीहरु (Notifications) उपलव्ध गराउने सम्बन्धी कार्यहरु,
    • ट्रिप्स (TRIPS) को सम्पर्क विन्दु (Enquiry Point) रुपमा कार्य गर्ने सम्बन्धी कार्यहरु,
    • बौद्धिक सम्पत्तिको व्यापार संरक्षणका क्षेत्रमा नेपाल सरकारले अपनाएको नीति र कार्यक्रमका बारेमा निजी तथा गैर सरकारी क्षेत्रलाई नियम कानूनको परिधिभित्र रही सुसूचित गरी उनीहरुको सहयोग र सहभागिता परिचालन गर्ने कार्यक्रमहरुको तयारी र कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
    • विश्व व्यापर सँगठनको बौद्धिक सम्पत्तिको व्यापार सम्बन्धी सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्यहरु गर्ने सम्बन्धी कार्यहरु,
    • बौद्धिक सम्पत्तिको व्यापार क्षेत्रमा हुने अध्ययन-अनुसन्धानलाई प्रोत्साहित गरी ट्रिप्स (TRIPS) सम्झौतामा सुधार गर्नुपर्ने विषयहरु पहिचान गर्ने सम्बन्धी कार्यहरु,
    • व्यापार सहजीकरण सम्बन्धी कार्यहरु तथा व्यापार सहजीकरण सम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाहरु जस्तै विश्व भन्सार सँगठन आदिसँगको समन्वय र सम्पर्क सम्बन्धी कार्यहरु,
    • विश्व व्यापार सँगठनको WTO Trade Facilitation Agreement (TFA) तथा विश्व भन्सार सँगठनको Revised Kyoto Convention (RKC) को कार्यान्वयन, अनुगमन सम्बन्धी कार्यहरु,

व्यापार नीति तथा व्यापार सहायता शाखाको कार्य विवरण

  • विश्व व्यापार सँगठन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, UNCTAD लगायतका संस्थाबाट उपलव्ध गराइने व्यापार सहायता सम्बन्धी विषयमा समन्वय गर्ने र परियोजनामा कार्यरत कर्मचारीको सुपरीवेक्षण र मुल्याङ्कन गर्ने सम्बन्धी कार्यहरु,
  • विभिन्न मुलुक तथा संस्थाबाट Aid for Trade, Trade Related Technical Assistance and Capacity Building अन्तर्गत प्राप्त हुने सहायताको परिचालन र समन्वय सम्बन्धी कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • Enhanced Integrated Framework (EIF) को सम्पर्क विन्दुका रुपमा कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • EIF को सहायतामा नेपालमा संचालन हुने कार्यक्रमहरुको कार्यान्वयन, समन्वय र अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
  • विश्व व्यापार सँगठनको Global Review of Aid for Trade सम्बन्धी कार्यहरु,
  • व्यापार पूर्वाधार तथा क्षमता विकासका लागि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट उपलव्ध गराइने सहायताको समन्वय र परिचालन गर्ने सम्बन्धी कार्यहरु,
  • व्यापारको लागि सहायता सम्बन्धमा अन्तर-मन्त्रालय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा नागरिक समाजसँग गरिने बैठक, अन्तक्रिया तथा अन्य कार्यक्रमहरुको समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • WTO, UNCTAD, ITC, UNESCAP आदि संस्थाबाट व्यापारको क्षेत्रमा प्राप्त हुने वित्तीय तथा प्राविधिक सहयोग अन्तर्गतका परियोजना सम्बन्धी कार्यहरु गर्ने सम्बन्धी कार्यहरु,
  • वाणिज्य सम्बन्धी नीति, रणनीति तथा नेपाल व्यापार एकीकृत रणनीति, २०१६ को कार्यान्वयनमा सहयोग पुर्याउने र यस सम्बन्धमा विकास साझेदारहरुसँग आर्थिक तथा प्राविधिक विषयमा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • नेपाल व्यापार एकीकृत रणनीति अन्तर्गतका कार्यक्रमहरुको समन्वय र अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
  • EIF National Steering Committee को बैठकको संचालन तथा निर्णय कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • वाणिज्य नीति, रणनीति तथा नेपाल व्यापार एकीकृत रणनीति तर्जुमा, संशोधन, परिमार्जन तथा कार्यान्वयनको अनुगमन सम्बन्धी कार्यहरु,
  • वाणिज्य तथा पारवहन सम्बन्धी नीति, कानून, निर्देशिका, कार्यविधिको तर्जुमा सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • आयात व्यवस्थापन सम्बन्धी नीति र रणनीति तर्जुमा तथा कार्यान्वयनको अनुगमन सम्बन्धी कार्यहरु,
  • मन्त्रालय अन्तर्गत Aid for Trade परियोजनामा कार्यरत कर्मचारीको सुपरिवेक्षण र नतिजामूलक कार्य सम्पादनका लागि समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • वाणिज्य क्षेत्रसँग सम्बन्धित नीति कार्यान्वयनको समग्र मुल्यांकनको सन्दर्भमा अनुगमन गरी पृष्ठपोषण तयार गर्ने सम्बन्धी कार्यहरु,
  • वाणिज्य क्षेत्र सम्बद्ध नीतिहरुको प्रभावकारिता विश्लेषण तथा अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
  • नीतिगत तथा व्यापार वार्ताको पृष्ठपोषणको लागि विश्लेषण तथा प्रशोधन सम्बन्धी कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालको वाणिज्य नीतिले व्याख्या गरेको व्यापार नीति विश्लेषण इकाई सम्बन्धी कार्यहरु,
  • निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनका लागि कर र गैरकर क्षेत्रमा गर्नुपर्ने सुधार र परिमार्जनका लागि विस्तृत अध्ययन विश्लेषण गरी प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्यहरु,
  • वाणिज्य नीतिको कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन गर्ने, समीक्षा गर्ने त्यसबाट वैदेशिक व्यापारमा परेको प्रभाव मुल्याङ्कन गर्ने सम्बन्धी कार्यहरु,
  • अति कम विकसित मुलुकको व्यापार र आर्थिक विकास सम्बन्धी अन्तर्राष्ट्रियस्तरमा पारित बहुपक्षीय नीति, रणनीति, कार्ययोजनाको कार्यान्वयन, अनुगमन र सहभागिता सम्बन्धी कार्यहरु,
  • बोर्ड अफ ट्रेडको बैठक संचालन तथा निर्णय कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • नेपाली दूतावास र अवैतनिक वाणिज्य दूतहरुलाई द्विपक्षीय व्यापार वृद्धि गर्न परिचालन तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • बहुपक्षीय व्यापार कूटनीतिको सञ्चालन र समन्वय सम्बन्धी कार्यहरु,
  • विद्युतीय व्यापार (e-Commerce) सम्बन्धी नीति, रणनीति, कार्ययोजना तथा कार्यक्रमहरु तर्जुमा कार्यान्वयन एवम् अनुगमन मुल्याङ्कन सम्बन्धी कार्यको समन्वय र सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • व्यापार नीतिले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान र पारेको प्रभावको अध्ययन विश्लेषण गर्ने सम्बन्धी कार्यहरु,
  • वस्तु विकास, मुल्य अभिवृद्धि र स्वदेशमा उत्पादित वस्तुको उच्च मूल्य अभिवृद्धिका लागि आवश्यक कार्य र सहजीकरण गर्ने सम्बन्धी कार्यहरु।