महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ दिल्लागा सप्तमी - २२

योजना, अनुगमन तथा मूल्यांकन महाशाखा

योजना, अनगुमन तथा मूल्याङ्कन महाशाखाको कार्यविवरणः

  • मन्त्रालय र मातहत निकायहरुको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन सम्बन्धी कार्यहरु,
  • मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित क्षेत्रगत नीति तर्जुमा तथा संशोधन र परिमार्जनसम्बन्धी कार्यहरु,
  • मन्त्रालयको कायक्षेत्रसँग सम्बन्धित सूचना तथा तथ्याँक संकलन, प्रशोधन तथा विश्लेषणसम्बन्धी कार्यहरु,
  • निर्यात प्रवर्द्धन सम्बन्धी योजना, नीति तथा कार्यक्रम कार्यान्वयन, अनगुमन, निरीक्षण र मूल्यांकन सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  • मन्त्रालयबाट सञ्चालित आयोजनाहरुको सम्पर्क, अनगुमन तथा समन्वयसम्बन्धी कायहरु,
  • नतिजामूलक अनगुमन तथा मूल्यांकन (Result-based Monitoring and Evaluation) सम्बन्धी कार्यहरु,
  • उद्योगहरुको Feasibility, Pre-feasibility सम्बन्धी कार्य,
  • मन्त्रालय र मातहत निकायको अनगुमन सूचक निर्धारण र कार्यान्वयन सम्बन्धी कार्य,
  • प्रभाव मुल्याङ्कन सम्बन्धी कार्य,
  • मन्त्रालय र मातहतबाट सञ्चालन हुने क्षेत्रगत सफ्टवेयरको गणुस्तर निर्धारण सम्बन्धी कार्यहरु,
  • मन्त्रालयबाट भए गरेका कार्यका बारेमा मिडियाबाट प्रकाशित सूचनाको व्यवस्थापन सम्बन्धी कार्य,
  • सूचना प्रविधि सम्बन्धी कार्यहरु,
  • तथ्यांक विश्लेषण सम्बन्धी कार्यहरु,
  • व्यवस्थापन सूचना प्रणाली सम्बन्धी कार्यहरु,
  • मन्त्रालयसँग सम्बन्धित परियोजना बैंक निर्माण सम्बन्धी कार्य,
  • मासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक तथा वार्षिक लगायतका प्रगति विवरण प्रकाशन सम्बन्धी कार्यहरु।

(क) अनुगमन तथा मूल्याङ्कन शाखाको कार्य विवरणः

  • मन्त्रालय र मातहत निकायहरुबाट सञ्चालित आयोजना तथा कार्यक्रमहरुको नियमित तथा नतिजामूलक अनुगमनका लागि सूचकसहितको अनुगमन कार्य योजना तयार गरी नियमित अनुगमन गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र मातहत निकायहरुबाट नियमित रुपमा मासिक, चौमासिक, वार्षिक र आवश्यक्तानुसार आवधिक प्रगति विवरण प्राप्त गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित निकायमा पठाउने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र मातहत निकायहरुबाट सञ्चालित आयोजना तथा कार्यक्रमहरुको निर्धारित लागत, समय, गुणस्तर तथा परिमाण अनुसार काम भए नभएको सम्बन्धमा निरीक्षण तथा अनुगमनबाट प्राप्त सूचनाको आधारमा अध्ययन, विश्लेषण गर्न, गराउनका लागि समीक्षा बैठक आयोजना गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र मातहत निकायहरुबाट सञ्चालित आयोजना तथा कार्यक्रमहरुको कार्यान्वयनमा देखिएका समस्याहरुको समाधानका लागि आवश्यक सहयोग, समन्वय तथा पहल गर्ने सम्बन्धी कार्यहरु,
  • मातहतका निकायहरुबाट प्राप्त कार्य सम्पादनमा देखिएका समस्या समाधानार्थ आवश्यक कारवाही गर्ने, सम्बन्धित पदाधिकारीबाट हुने निर्देशनको कार्यान्वयन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र अन्तर्गत निकायहरुबाट सम्पादित कार्यहरुको मासिक प्रगति विवरण नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित निकायमा पठाउने सम्बन्धी कार्यहरु,
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशन बमोजिमका कार्यहरुको नियमित अनुगमन गरी आवधिक प्रगति विवरण तयार गरी तोकिएको समयमा पठाउने सम्बन्धी कार्यहरु,
  • व्यवस्थापिका संसद् तथा सम्बन्धित संसदीय समितिबाट प्राप्त निर्देशन बमोजिमका कार्यहरु गर्ने, गराउने तथा तोकिएको समयमा प्रगति विवरण पठाउने सम्बन्धी कार्यहरु,
  • उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित नीतिगत विषय, सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लिखित नीति तथा कार्यक्रमको समीक्षा गर्ने सम्बन्धी कार्यहरु,
  • विशेष आर्थिक क्षेत्रसम्बन्धी नीति, कानून, मापदण्ड, नियमन, सहजीकरण र समन्वय सम्बन्धी कार्यहरु,
  • औद्योगिक क्षेत्रको प्रभाव मुल्यांकन गर्ने सम्बन्धी कार्यहरु,
  • अन्य तोकिएका कार्यहरु।

(ख) अनुसन्धान तथा तथ्याङ्क शाखाः

  • मन्त्रालय र मातहत निकायहरुको योजना, कार्यक्रम तथा बजेट निर्माण र अनुगमन तथा मूल्यांकनको लागि आवश्यक तथ्यांक एवं सूचना सङ्कलन तथा प्रशोधन गर्ने सम्बन्धी कार्यहरू,
  • मन्त्रालय र मातहत निकायमा रहेका सूचना तथा तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं भण्डारण गर्ने सम्बन्धी कार्यहरू,
  • अन्तर मन्त्रालय सूचना तथा तथ्यांक आदान प्रदान र समन्वय सम्बन्धी कार्यहरू,
  • औद्योगिक वस्तुहरु तथा निर्यातयोग्य वस्तुहरुको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं भण्डारण गर्ने सम्बन्धी कार्यहरू,
  • मन्त्रालयसँग सम्बन्धित नीतिगत तथा आवश्यक अन्य छलफलका लागि समय समयमा अनुरोध भै आए बमोजिम सूचना तथा तथ्यांक विश्लेषण सम्बन्धी कार्यहरू,
  • उद्योग तथा व्यापारसँग सम्बन्धित सूचना तथा तथ्यांकको संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं भण्डारणका लागि data-base तयार गर्ने सम्बन्धी कार्यहरू,
  • मन्त्रालयबाट भए गरेका कार्यको प्रेस विज्ञप्ति प्रकाशन गर्ने सम्बन्धी कार्यहरू, 8. मन्त्रालयबाट प्रकाशन गर्नु पर्ने दस्तावेजको प्रकाशन सम्बन्धी कार्यहरू, 9. अर्थ मन्त्रालयबाट जारी हुने आर्थिक सर्भेक्षणका लागि मन्त्रालयसँग सम्बन्धित तथ्यांक संकलन सम्बन्धी कार्यहरु सम्बन्धी कार्यहरू,
  • व्यापारको लागि आवश्यक पर्ने सूचना तथा तथ्यांकहरु सम्बन्धित निकायसँग समन्वय गरी संकलन तथा अद्यावधिक गर्ने सम्बन्धी कार्यहरू,
  • व्यापारको लागि आवश्यक पर्ने सूचना तथा तथ्यांकहरु प्रशोधन तथा विश्लेषण गर्ने सम्बन्धी कार्यहरू,
  • मुलुकको वैदेशिक व्यापारको देशगत तथा वस्तुगत तथ्यांक राख्ने सम्बन्धी कार्यहरू,
  • विभिन्न निकाय तथा मुलकहरुसँग हुने व्यापार सम्झौता वार्ताका लागि आवश्यक तथ्यांक तथा सूचनाहरु उपलब्ध गराउने सम्बन्धी कार्यहरू,
  • व्यापार सम्बद्ध नीति विश्लेषणका लागि आवश्यक सूचना तथा तथ्यांक उपलब्ध गराउने सम्बन्धी कार्यहरू,
  • व्यापार सम्बद्ध सूचना तथा तथ्यांक एवं ब्रोसियर तथा जर्नलहरुको प्रकाशन गर्ने गराउने सम्बन्धी कार्यहरू,
  • वाणिज्य तथा व्यापार सम्बन्धी अध्ययन अनुसन्धानका लागि आवश्यक सूचना तथा तथ्याङ्क संकलन, विश्लेषण र प्रकाशन गर्ने सम्बन्धी कार्यहरू,
  • वाणिज्य तथा व्यापार सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने सम्बन्धी कार्यहरू,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी विषयमा सर्वेक्षण गर्ने सम्बन्धी कार्यहरू,
  • व्यापार सम्बन्धी विषयमा भएका अध्ययन अनुसन्धानहरुको संकलन गरी प्रकाशन गर्ने सम्बन्धी कार्यहरू,
  • अध्ययन अनुसन्धानका प्रतिवेदनहरु कार्यान्वयनका लागि कार्ययोजना तयार पार्ने सम्बन्धी कार्यहरू,
  • निर्यात क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गरी वस्तुगत सुझाव दिने सम्बन्धी कार्यहरू,
  • द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार वार्ताका लागि आवश्यक तथ्यांक संकलन तथा विश्लेषण गर्ने सम्बन्धी कार्यहरू,
  • व्यापार नीति र रणनीतिलाई तथ्यमा आधारित बनाउन आवश्यक अनुसन्धान र तथ्यांक सम्बन्धी कार्य गर्ने सम्बन्धी कार्यहरू,
  • व्यापारसँग सम्बन्धित संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय व्यापार केन्द्र लगायतका संस्थाबाट प्रकाशित सूचना/तथ्यांक मन्त्रालयलाई उपलब्ध गराउने सम्बन्धी कार्यहरू।

(ग) योजना तथा बजेट व्यवस्थापन शाखाको कार्य विवरणः

  • योजनाबद्ध विकासका सम्बन्धमा राष्ट्रिय योजना आयोगले प्रतिपादन गरेको सिद्धान्त, नीति, कार्यक्रम आदिको कार्यान्वयन गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयसँग सम्बन्धित क्षेत्रगत विकास कार्यक्रमको आवधिक र वार्षिक कार्यक्रम तर्जुमा गरी पेश गर्न अन्तर्गतका विभाग, संस्थान, समिति तथा आयोजनाहरुलाई मार्ग निर्देशन दिने सम्बन्धी कार्यहरु,
  • मातहत निकायहरुबाट वार्षिक योजना, कार्यक्रम एवम् बजेटको पूर्वानुमान सम्बन्धी विवरण संकलन गरी मुल्यांकन गर्ने सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्पर्क र समन्वय गरी वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने, आवश्यक्तानुसार छलफल गरी स्वीकृत गराउने सम्बन्धी कार्यहरु,
  • मातहत निकायहरु बीच योजना, कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयनमा समन्वय गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • आर्थिक प्रशासन शाखासँग समन्वय गरी वार्षिक कार्यक्रम एवम् बजेटको बाँडफाँड गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • कार्यक्रम तथा आयोजना सम्बन्धमा समय समयमा प्राप्त निर्देशनहरुको कार्यान्वयन र अन्तर निकाय समन्वय गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • औद्योगिक क्षेत्र र औद्योगिक ग्रामसम्बन्धी नीति, कानून, योजना, मापदण्ड निर्धारण, नियमन, सहजीकरण तथा समन्वयसम्बन्धी कार्यहरु गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • उद्योग तथा वाणिज्य क्षेत्रको भौतिक पूर्वाधारको मापदण्ड निर्धारण सम्बन्धी कार्यहरु,
  • निर्यात प्रवर्द्धन सम्बन्धी प्रचलित नीति, योजना, रणनीति, बजेट, कार्यक्रमहरुको कार्यान्वयन र सुपरीवेक्षण सम्बन्धी कार्यहरु गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • Sustainable Development Goal को समन्वय सम्बन्धी कार्यहरु,
  • अन्य तोकिएका कार्यहरु।

(घ) सूचना प्रविधि तथा तथ्याङ्क विश्लेषण शाखाको कार्य विवरणः

  • मन्त्रालय र मातहत निकायहरुको योजना, कार्यक्रम तथा बजेट निर्माण र अनुगमन तथा मुल्यांकनको लागि आवश्यक तथ्यांक एवम् सूचना संकलन तथा प्रशोधन गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र मातहत निकायमा रहेका सूचना तथा तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवम् भण्डारण गर्ने सम्बन्धी कार्यहरु,
  • अन्तर मन्त्रालय सूचना तथा तथ्यांक आदान प्रदान र समन्वय सम्बन्धी कार्यहरु,
  • औद्योगिक वस्तुहरु तथा निर्यातयोग्य वस्तुहरुको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवम् भण्डारण सम्बन्धी कार्यहरु,
  • मन्त्रालयसँग सम्बन्धित नीतिगत तथा आवश्यक अन्य छलफलका लागि समय समयमा अनुरोध भै आए बमोजिम सूचना तथा तथ्यांक विश्लेषण सम्बन्धी कार्यहरु,
  • उद्योग तथा व्यापारसँग सम्बन्धित सूचना तथा तथ्यांकको संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवम् भण्डारणका लागि Database तयार गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयबाट भए गरेका कार्यको प्रेस विज्ञप्ति प्रकाशन गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयबाट प्रकाशन गर्नुपर्ने दस्तावेजको प्रकाशन सम्बन्धी कार्यहरु,
  • अर्थ मन्त्रालयबाट जारी हुने आर्थिक सर्भेक्षणका लागि मन्त्रालयसँग सम्बन्धित तथ्यांक संकलन सम्बन्धी कार्यहरु,
  • व्यापारको लागि आवश्यक पर्ने सूचना तथा तथ्यांकहरु सम्बन्धित निकायसँग समन्वय गरी संकलन तथा अद्यावधिक गर्ने सम्बन्धी कार्यहरु,
  • व्यापारको लागि आवश्यक पर्ने सूचना तथा तथ्यांकहरु प्रशोधन तथा विश्लेषण गर्ने सम्बन्धी कार्यहरु,
  • मुलुको वैदेशिक व्यापारको देशगत तथा वस्तुगत तथ्यांक राख्ने सम्बन्धी कार्यहरु,
  • विभिन्न निकाय तथा मुलुकहरुसँग हुने व्यापार सम्झौता, वार्ताका लागि आवश्यक तथ्यांक तथा सूचनाहरु उपलव्ध गराउने सम्बन्धी कार्यहरु,
  • व्यापार सम्बद्ध नीति विश्लेषणका लागि आवश्यक सूचना तथा तथ्यांक उपलव्ध गराउने सम्बन्धी कार्यहरु,
  • व्यापार सम्बद्ध सूचना तथा तथ्यांक एवम् ब्रोसियर तथा जर्नलहरुको प्रकाशन गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • वाणिज्य तथा व्यापार सम्बन्धी अध्ययन अनुसन्धानका लागि आवश्यक सूचना तथा तथ्याङ्क संकलन, विश्लेषण र प्रकाशन गर्ने सम्बन्धी कार्यहरु,
  • वाणिज्य तथा व्यापार सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी विषयमा सर्वेक्षण गर्ने सम्बन्धी कार्यहरु,
  • व्यापार सम्बन्धी विषयमा भएका अध्ययन अनुसन्धानहरुको संकलन गरी प्रकाशन गर्ने सम्बन्धी कार्यहरु,
  • अध्ययन अनुसन्धानका प्रतिवेदनहरु कार्यान्वयनका लागि कार्ययोजना तयार पार्ने सम्बन्धी कार्यहरु,
  • निर्यात क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गरी वस्तुगत सुझाव दिने सम्बन्धी कार्यहरु,
  • द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार वार्ताका लागि आवश्यक तथ्यांक संकलन तथा विश्लेषण गर्ने सम्बन्धी कार्यहरु,
  • व्यापार नीति र रणनीतिलाई तथ्यमा आधारित बनाउन आवश्यक अनुसन्धान र तथ्यांक सम्बन्धी कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • व्यापारसँग सम्बन्धित संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय व्यापार केन्द्र लगायतका संस्थाबाट प्रकाशित सूचना/तथ्यांक मन्त्रालयलाई उपलव्ध गराउने सम्बन्धी कार्यहरु,
  • सूचना प्रविधि सम्बन्धी कार्यहरु,
  • व्यवस्थापन सूचना प्रणाली सम्बन्धी कार्यहरु,
  • सूचना प्रविधिको सम्बन्धमा मन्त्रालयबाट अख्तियार गर्नुपर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र मातहतबाट सञ्चालन हुने क्षेत्रगत सफ्टवेयरको गुणस्तर निर्धारण तथा समन्वय सम्बन्धी कार्यहरु,
  • मन्त्रालय भए गरेका कार्यका बारेमा मिडियाबाट प्रकाशित सूचनाको व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • कार्यालयको वेभसाइट अद्यावधिक बनाई आवश्यक सूचना, सामग्री सहितको वेभसाइट व्यवस्थापन गर्ने,
  • मन्त्रालयका सबै अभिलेख र सूचनाहरु कम्प्युटर प्रणालीमा आबद्ध गर्न आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयमा डिजिटल हाजिरी प्रणालीको विकास तथा संचालन सम्बन्धी कार्यहरु,
  • मन्त्रालयमा आवश्यक Software Design तथा जडान एवम् संचालन सम्बन्धी कार्यहरु।