महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ दिल्लागा सप्तमी - २२

आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा

आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाको कार्य विवरण

  • उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन सम्बन्धी नीति, कानून, मापदण्ड नियमन सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति, कानून मापदण्ड र नियमन सम्बन्धी कार्यहरु,
  • अत्यावश्यक वस्तुहरुको राष्ट्रिय मौज्दात (बफर स्टक), सार्वजनिक गोदाम, तथा राष्ट्रियस्तरमा अत्यावश्यक वस्तु तथा सेवाको सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था सम्बन्धी कार्यहरु,
  • पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन, भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन सम्बन्धी कार्यहरु,
  • आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिण्डिकेट तथा कार्टेलिङ्गको नियन्त्रण सम्बन्धी नीति, कानून र नियमन सम्बन्धी कार्यहरु,
  • आपूर्तिसँग सम्बन्धित सार्वजनिक संस्थानको संचालन र नियमन सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हित संरक्षण विभाग सम्बन्धी कार्यको समन्वय सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हक संरक्षण सम्बन्धी संवैधानिक व्यवस्था सम्बन्धी कार्यहरु,
  • उद्योग, वाणिज्य तथा आपूर्ति सम्बद्ध निजी संस्थाहरुसँग सहकार्य गरी आपूर्ति व्यवस्था सहज तुल्याउने सम्बन्धी कार्यहरु।

(क) आपूर्ति नीति तथा नियमन शाखाको कार्य विवरण

  • उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन सम्बन्धी नीति, कानून र मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
  • उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको नियमित आपूर्तिको नियमन र अनुगमन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य तथा गुणस्तर सम्बन्धी अध्ययन अनुसन्धान गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • आपूर्तिसँग सम्बन्धित सम्बन्धित सार्वजनिक संस्थानहरुको संचालन सम्बन्धी कार्यहरु,
  • अन्तर्गतका सार्वजनिक संस्थानहरुको कार्य सञ्चालन सम्बन्धमा नियमित अनुगमनको व्यवस्था गरी आवश्यकतानुसार निर्देशन दिने सम्बन्धी कार्यहरु,
  • आपूर्ति सम्बन्धी सूचना संकलन तथा प्रकाशन सम्बन्धी कार्यहरु,
  • आपूर्ति, वितरण, मूल्य नियन्त्रण र गुणस्तर सम्बन्धी नीति, कानून र मापदण्डको कार्यान्वयन र नियमन सम्बन्धी कार्यहरु,
  • आपूर्ति सम्बन्धी निजि तथा गैर सरकारी संस्थासँग सम्पर्क तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • लक्षित समूह/व्यक्ति परिवारलाई सरल र सुपथ ढंगबाट अत्यावश्यक वस्तुहरू आपूर्ति गर्ने सम्भावनाको खोजी गर्ने सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • अत्यावश्यक वस्तुहरुको राष्ट्रिय मौज्दात (बफर स्टक) अद्यावधिक गर्ने, गराउने तथा सार्वजनिक गोदामहरुको व्यवस्थापन गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन सम्बन्धी कार्य गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय स्तरमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्था मिलाउने सम्बन्धी कार्यहरु,
  • आपूर्ति तथा वितरण सम्बन्धमा सरकारी संस्थानहरू र अन्य सम्बन्धित निकायहरू जस्तै-मन्त्रालय, विभाग, आयोगहरूबीच समन्वय कायम गर्ने सम्बन्धी कार्यहरु,
  • आपूर्तिसँग सम्बन्धित विषयमा नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा समन्वय गर्ने सम्बन्धी कार्यहरु।

(ख) उपभोक्ता हित संरक्षण तथा समन्वय शाखाको कार्य विवरण

  • उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति कानून र मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति कानून र मापदण्ड कार्यान्वयन तथा नियमन सम्बन्धी कार्यहरु,
  • उपभोक्ताको हक अधिकार संरक्षण सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी निजि तथा गैर सरकारी संस्थासँग सम्पर्क तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • उपभोक्ता संस्थाहरुको परिचालन तथा नियमन सम्बन्धी कार्यहरु,
  • उपभोक्ता सचेतना अभिवृद्धि सम्बन्धी कार्यहरु,
  • उपभोक्ता अदालत गठन तथा सञ्चालन सम्बन्धी कार्यहरु,
  • सर्वसाधारणको दैनिक जीवनयापनसग सम्बन्धित अत्यावश्यक वस्तुहरुको सूचीलाइ अद्यावधिक गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी विषयमा प्रदेश र स्थानिय तहसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हित संरक्षण विभाग सम्बन्धी कार्यको समन्वय सम्बन्धी कार्यहरु,
  • उपभोक्ता हक संरक्षण सम्बन्धी संवैधानिक व्यवस्था सम्बन्धी कार्यहरु।

(ग) बजार अनुसन्धान तथा नियमन शाखाको कार्य विवरण

  • आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिण्डीकेट तथा कार्टेलिङ्ग सम्बन्धी नीति योजना तथा कानून निर्माण गरी कार्यान्वयन गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • राष्ट्रियस्तरमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सम्बन्धी सूचना संकलन, विश्लेषण र प्रक्षेपण गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • आन्तरिक बजार व्यवस्थापन सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • बजारमा विक्री वितरण हुने अत्यावश्यक वस्तुहरुको मूल्य (भारत तथा अन्तर्राष्ट्रिय बजार समेतको) संकलन तथा अद्यावधिक गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • अत्यावश्यक वस्तुहरुको उत्पादन लागत, बजार मूल्यका साथै आयातित वस्तुहरुको समेत मूल्य विश्लेषण सम्बन्धी कार्यहरु,
  • आन्तरिक तथा बाह्य बजारको मूल्य अध्ययन तथा विश्लेषण गरी मूल्य प्रक्षेपण सम्बन्धी कार्यहरु,
  • विभिन्न क्षेत्रमा रहेका अत्यावश्यक वस्तुहरुको मौज्दात विवरण संकलन गरी अद्यावधिक राख्न निर्देशन दिने सम्बन्धी कार्यहरु,
  • आन्तरिक उत्पादन, खपत हुने परिमाण र वितरण व्यवस्थापन सम्बन्धमा अद्यावधिक विवरण तयार गर्ने र सहज आपूर्तिको व्यवस्थापनको लागि उपयुक्त उपायको खोजी गर्ने सम्बन्धी कार्यहरु,
  • अत्यावश्यक वस्तुको आपूर्ति (माग र आपूर्ति) प्रक्षेपण गर्ने सम्बन्धी कार्यहरु,
  • अत्यावश्यक वस्तुको सञ्चय र सो को पूर्वाधार विकास सम्बन्धी कार्यहरु,
  • निर्माण सामग्री, इन्धन लगायत अन्य अत्यावश्यक वस्तुहरूको मौज्दातको विवरण अद्यावधिक गरी राख्ने, राख्न लगाउने सम्बन्धी कार्यहरु,
  • आन्तरिक बजार व्यवस्थापन सम्बन्धमा प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु।