महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ गुलागा चतुर्दशी - २९

औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा

औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाको कार्य विवरण

  • औद्योगिक प्रदूषण (Industrial Pollution) सम्बन्धी नीति, मापदण्ड तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण सम्बन्धी कार्यहरु,
  • उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित वातावरणीय मापदण्ड (Environmental Standards) तर्जुमा, नियमन र यसको अनुगमन सम्बन्धी कार्यहरु,
  • Green Industrial Efficiency सम्बन्धी कार्यहरु,
  • Energy efficiency, Green technology and Cleaner production सम्बन्धी कार्यहरुको मापदण्ड निर्माण, नियमन र यसको अनुगमन सम्बन्धी कार्यहरु,
  • गणस्तर, नापतौल तथा खानी एवम् भू-गर्भ सम्बन्धी कार्यहरुको प्राविधिक कार्यको सहजीकरण र मातहतका निकायको यस विषयमा क्षमता विकासमा सहयोग सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र अन्तर्गतका निकायहरु तथा औद्योगिक प्रतिष्ठानहरुलाई वातावरण मैत्री उत्पादन पद्धति अवलम्बन गर्न सहयोग सम्बन्धी कार्यहरु,
  • स्थानीय तहहरुलाई वातावरण मैत्री स्थानीय शासनको प्रारुपको उद्योगसँग सम्बन्धित विषयमा कार्यान्वयनमा प्राविधिक सहयोग सम्बन्धी कार्यहरु,
  • उद्योगले प्राविधिक तथा वातावरणीय मापदण्ड पालना गरे नगरेको सम्बन्धमा अनुगमन सूचक तयार गर्ने र यसको कार्यान्वयनको नियमित अनुगमन सम्बन्धी कार्यहरु,
  • वातावरणीय मापदण्ड सम्बन्धमा वातावरण सम्बन्धी निकायमा सम्पर्क सम्बन्धी कार्यहरु,
  • उद्योगको State of Environment को प्रतिवेदन सम्बन्धी कार्यहरु,
  • Green Industrial Technology हस्तान्तरण सम्बन्धी कार्यहरु,
  • उद्योगसॉग सम्बन्धी प्राविधिक विषयमा certification को मापदण्ड तयार गर्ने सम्बन्धी कार्यहरु,
  • औद्योगिक प्रविधि एवम् हस्तान्तरण सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • नयाँ तथा पुराना प्रविधिहरुकव अध्ययन अनुसन्धान भै पहिचान गरिएका विभिन्न प्रकारका प्रविधिहरुको जानकारी तथा प्रचार प्रसार गर्ने सम्बन्धी कार्यहरु,
  • स्वदेशका उद्योगबाट उत्पादन हुने वस्तु र सेवाहरुलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक प्रविधिको खोजी सम्बन्धी अनुसन्धानात्मक समन्वयात्मक एवम् सूचना प्रवाह सम्बन्धी कार्यहरु,
  • Technology Development Fund (TDF) सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • औद्योगिक ग्राम, औद्योगिक करिडोर, उद्योगको पहुँचमार्ग र विशेष आर्थिक क्षेत्रको पूर्वाधार क्षेत्रको सहजीकरण सम्बन्धी कार्य,
  • Brick Kiln Industry लगायत Clean Industry सम्बन्धी कार्यहरु,
  • उद्योगहरुमा Industrial and Fire Safety सम्बन्धी मापदण्ड तयार, नियमन र अनुगमन सम्बन्धी कार्यहरु,
  • औद्योगगक प्रविधिको अनुसन्धान, समन्वय, प्रवर्द्धन र विकास सम्बन्धी कार्यहरु,
  • International Code Council ले प्रतिपादन गरेका उद्योग सम्बन्धी सान्दर्भिक Code हरुको आन्तरिकीकरण गर्न प्राविधिक कार्य गर्ने,
  • उद्योगहरुलाई उपयोगी हुने Green Industrial Technology प्रवर्द्धन सम्बन्धी कार्यहरु,
  • प्रादेशिक सरकार र स्थानीय सरकारलाई उद्योगको क्षेत्रमा EIA/ IEE कार्यमा क्षमता विकासका लागि सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • ISO Standards कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
  • Industrial Waste Management सम्बन्धी मापदण्ड, निर्देशिका तर्जुमा, समन्वय एवम् अनुगमन सम्बन्धी कार्यहरु,
  • सरकारी उद्योगहरुको मेसिनरीहरुको लेखाजोखा गरी यसको प्रविधि रुपान्तरणमा सहजीकरण गर्ने र यस सम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने सम्बन्धी कार्यहरु,
  • औद्योगिक पूर्वाधार, औद्योगिक सम्भाव्यता अध्ययन, अनुसन्धान तथा औद्योगिक पूर्वाधार सम्बन्धी कार्यहरु,
  • खानी तथा भूगर्भ विभागको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने।

(क) औद्योगिक गुणस्तर तथा प्रविधि शाखाको कार्य विवरण

  • प्रविधि सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • नयाँ तथा पुराना प्रविधिहरुकव अध्ययन अनुसन्धान भै पहिचान गरिएका विभिन्न प्रकारका प्रविधिहरुको जानकारी तथा प्रचार प्रसार गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • औद्योगिक व्यवसाय उत्पादनका क्षेत्रमा सघाउ पुर्याउने सम्बन्धी कार्यहरु,
  • उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषय क्षेत्रहरुको प्राविधिक गुणस्तर तथा मापदण्ड निर्धारण सम्बन्धी कार्यहरु,
  • स्वदेशका उद्योगबाट उत्पादन हुने वस्तु र सेवाहरुलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक प्रविधिको खोजी सम्बन्धी अनुसन्धानात्मक समन्वयात्मक एवम् सूचना प्रवाह सम्बन्धी कार्यहरु,
  • Technology Development Fund (TDF) सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • Brick Kiln Industry सम्बन्धी नीति, मापदण्ड तथा निर्देशिका तयार गर्ने सम्बन्धी कार्यहरु,
  • Industrial Safety सम्बन्धी कार्यहरु,
  • औद्योगिक प्रविधिको अनुसन्धान, समन्वय, प्रवर्द्धन र विकास सम्बन्धी कार्यहरु,
  • गुणस्तर, नापतौल तथा खनिज कार्यका प्राविधिक मापदण्ड निर्माणमा सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • उद्योगले प्राविधिक मापदण्ड पालना गरे नगरेको सम्बन्धमा अनुगमन सूचक तयार गर्ने र यसको कार्यान्वयनको नियमित अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
  • उद्योगसँग सम्बन्धी प्राविधिक विषयमा Certification को मापदण्ड तयार गर्ने सम्बन्धी कार्यहरु,
  • रुग्ण उद्योगको प्राविधिक मापदण्ड तयार गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयमा रहेका सवारी साधनहरुको जाँच गरी मर्मत सम्भारको लागि प्राविधिक सहयोग गर्ने सम्बन्धी कार्यहरु,
  • Industrial Engineering मा संलग्न प्राविधिक जनशक्तिको क्षमता विकास सम्बन्धी कार्यहरु,
  • Fire and Industrial Safety सम्बन्धी कार्यहरु,
  • उद्योगहरुको Total Quality Management सम्बन्धी कार्यहरु,
  • उद्योगहरुमा ISO Standards लागू गर्न सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय मातहतका उद्योगहरुमा जडान गरिएका मेसिन औजारहरुको अवस्थाको बारेमा नियमित प्राविधिक अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
  • गुणस्तर तथा नाप तौल सम्बन्धी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ संस्थाहरु (ISO, IEC, OIML, APMP, WTO/TBT, SARSO आदी) सँगको समन्वय र सहजीकरण सम्बन्धी कार्यहरु,
  • खनिज प्रवर्द्धन तथा विकास सम्बन्धी अनुसन्धान कार्यमा नीति, मापदण्ड तथा निर्देशिका तर्जुमा गर्न सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • भूगर्भिक तथा भूकम्प सम्बन्धी अनुसन्धान कार्यमा नीति, मापदण्ड तथा निर्देशिका तर्जुमा गर्न सहजीकरण गर्ने सम्बन्धी कार्यहरु।

(ख)औद्योगिक पूर्वाधार शाखाको कार्य विवरण

  • औद्योगिक पूर्वाधारको मापदण्ड निर्माण सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगहरुमा पूर्वाधार निर्माणमा सहजीकरण तथा यसको अनुगमन सम्बन्धी कार्यहरु,
  • औद्योगिक पूर्वाधार सम्बन्धी अनुगमन सम्बन्धी कार्यहरु,
  • औद्योगिकग्राम, औद्योगिक करिडोर, उद्योगको पहुँचमार्ग र विशेष आर्थिक क्षेत्रको पूर्वाधार क्षेत्रको सहजीकरण सम्बन्धी कार्यहरु,
  • औद्योगिक पूर्वाधार सम्बन्धी नीति, रणनीति तथा कार्ययोजना सम्बन्धी कार्यहरु,
  • पूर्वाधार सम्बन्धी अन्य कार्यहरु।

(ग)वातावरण शाखाको कार्य विवरण

  • औद्योगिक प्रदूषण (Industrial Pollution) सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • उद्योगसँग सम्बन्धित वातावरणीय मापदण्ड (Environmental Standards) तर्जुमा गर्न सुझाव दिने सम्बन्धी कार्यहरु,
  • Energy Efficiency, Green Technology and Cleaner Production सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र अन्तर्गतका निकायहरु तथा औद्योगिक प्रतिष्ठानहरुलाई वातावरण मैत्री उत्पादन एवम् व्यवस्थापन पद्धति अवलम्बन गर्न सहयोग गर्ने सम्बन्धी कार्यहरु,
  • उद्योगले वातावरणीय मापदण्ड पालना गरे नगरेको सम्बन्धमा अनुगमन सूचक तयार गर्ने र यसको कार्यान्वयनको नियमित अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
  • वातावरणीय मापदण्ड सम्बन्धमा वातावरण सम्बन्धी निकायसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • उद्योगको State of Environment को प्रतिवेदन सम्बन्धी कार्यहरु, Industrial Waste Management सम्बन्धी मापदण्ड, निर्देशिका तर्जुमा, समन्वय एवम् अनुगमन सम्बन्धी कार्यहरु।