महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ दिल्लागा सप्तमी - २२

प्रशासन तथा संस्थान महाशाखा

प्रशासन तथा संस्थान महाशाखाको कार्यविवरणः

  • मन्त्रालयको सामान्य प्रशासन सम्बन्धी कार्यहरु,
  • सार्वजनिक खरिद सम्बन्धी कार्यहरु,
  • सरकारी रुग्ण उद्योगको व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठान सम्बन्धी विषयहरुको नीति नियम तर्जुमा, नियमन, अनुगमन, मुल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • आन्तरिक व्यवस्थापन सम्बन्धी कार्यहरु, ६. मन्त्रालय र मातहत निकायको चल अचल सम्पत्तिको अभिलेख, व्यवस्थापन र संरक्षण सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र मातहत निकायको कार्य सम्पादन व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुसँग सम्बन्धित प्रशासनिक कार्य सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र मातहत निकायमा कार्यरत कर्मचारीको मानव संशाधन विकास (Human Resources Development) सम्बन्धी कार्यहरु,
  • मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरुको भौतिक साधनहरुको अनुगमन, निरीक्षण सम्बन्धी कार्यहरु,
  • स्वदेश तथा विदेशमा संचालन हुने विभिन्न तालिम, गोष्ठी, अध्ययन, अध्ययन भ्रमण, सभा सम्मेलनमा कर्मचारी मनोनयन सम्बन्धी कार्यहरु,
  • कर्मचारीहरुको सरुवा, बढुवा, अवकाश, पदपूर्ति, दरबन्दी स्वीकीर्ती सम्बन्धी कार्यहरु,
  • सुशासन तथा नागरिक वडापत्र बमोजिम कार्य भए नभएको अनुगमन सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयको जनशक्ति विकास र कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु,
  • निजमती सेवा ऐन बमोजिम मन्त्रालयले संचालन गर्न तोकिएका विभिन्न सेवा समूह सम्बन्धी पदहरुको कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु,
  • संघिय मामिला तथा सामान्य प्रशासन, महालेखा परीक्षकको विभाग, महालेखा नियन्त्रकको कार्यालसँग समन्वय सम्बन्धी कार्यहरु,
  • सचिवबाट प्रत्यायोजन भएका अन्य कार्यहरु।

(क) आर्थिक प्रशासन शाखाको कार्यविवरणः

  • मन्त्रालय र अन्तर्गतका निकायहरुको आगामी आर्थिक वर्षका लागि अनुमानित (साधारण) बजेट बनाई पेश गर्ने सम्बन्धी कार्यहरु,
  • विनियोजित बजेट अर्थ मन्त्रालयबाट खर्च गर्ने अख्तियारी प्राप्त भएपछि अन्तर्गतका विभाग/आयोजना/कार्यालयहरुमा अख्तियारी पठाउने र सो को अभिलेख सम्बन्धी कार्यहरु,
  • अख्तियारी प्राप्त भए पछि विनियोजन बजेट निकासा माग गरी खर्च सहितको अभिलेख राखी आन्तरिक लेखापरीक्षण तथा अन्तिम लेखापरीक्षण गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • लेखापरीक्षणबाट बेरुजु देखिन आएमा सो को अभिलेख गरी फछर्यौट गर्ने गराउने र तत्‌सम्बन्धी प्रगति विवरण सम्बन्धित निकायमा पठाउने सम्बन्धी कार्यहरु,
  • राजस्व तथा धरौटी वापत प्राप्त हुन आउने रकमको अभिलेख राख्ने, लेखापरीक्षण गराउने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय तथा अन्तर्गतको केन्द्रीय लेखा तयार गरी सोको विवरण सम्बन्धित निकायमा पठाउने सम्बन्धी कार्यहरु,
  • महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित व्यहोराहरुको जवाफ संकलन तथा अध्ययन गरी सार्वजनिक लेखा समितिबाट माग भएका बखत पठाउने व्यवस्था गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयमा प्राप्त हुन आउने आर्थिक प्रशासनसँग सम्बन्धित सरकारी नीति तथा आर्थिक अनुशासन सम्बन्धी विभिन्न निर्देशनहरु पालना गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • कुनै बजेट उपशीर्षकमा रकम थपघट गर्नु परेमा रकमान्तर सम्बन्धी अर्थ मन्त्रालयबाट निकासा भए बमोजिम गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • आर्थिक विषयमा मन्त्रालयका सचिव र महाशाखा प्रमुखबाट राय माग भएमा राय दिने सम्बन्धी कार्यहरु,
  • सम्बन्धित ऐन, नियमले तोकेका अन्य कार्यहरु।

(ख) कानून तथा फैसला कार्यान्वयन शाखा

  • मन्त्रालयको कार्यक्षेत्रको विषयमा कानूनी राय दिने सम्बन्धी कार्यहरु,
  • विभिन्न अदालतहरुबाट भएका मन्त्रालयसँग सम्बन्धित फैसला आदेशहरुको कार्यान्वयन गर्न सहयोग गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिकाको कानूनी मस्यौदा तर्जुमा गर्न सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयसँग सम्बन्धित कानूनहरुको समीक्षा र विश्लेषण सम्बन्धी कार्यहरु गर्ने सम्बन्धी कार्यहरु,
  • अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सन्धि सम्झौताको मस्यौदाको कानूनी सम्पादन कार्यहरु लगायत सो मा राय तथा परामर्श दिने सम्बन्धी कार्यहरु गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • SAARC, BIMSTEC लगायतका संस्था/निकायसँग कानूनी विषयमा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयले अन्तर्राष्ट्रिय वा अन्तर सरकारी सँगठनको सदस्यता लिँदा र अन्य बहुपक्षीय सन्धिहरुमा नेपाल पक्ष बन्ने सम्बन्धमा अपनाउनु पर्ने कार्य प्रकृया, कानून तथा अन्य उपाय सम्बन्धी विषयमा कानूनी राय परामर्श प्रदान गर्ने सम्बन्धी कार्यहरु,
  • द्विपक्षीय, क्षेत्रिय तथा बहुपक्षीय व्यापार एवम् पारवहन सम्बन्धी सम्पन्न हुने सन्धि-सम्झौताहरुमा कानूनी राय, परामर्श प्रदान गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय पक्ष वा विपक्ष भएको मुद्दाका फिराद, प्रतिउत्तर, लिखित जवाफ लगायतका कागजातहरु तयार गरी म्याद भित्र सम्बन्धित अदालतमा पेश गर्ने र सो को प्रतिरक्षाको व्यवस्था मिलाउने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयबाट तयार भएका दस्तावेजहरुको कानूनी सम्पादन सम्बन्धी कार्यहरु गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालय मातहत रहेका निकायमा कार्यरत कानूनी जनशक्तिको क्षमता विकास सम्बन्धी कार्यहरु,
  • मन्त्रालय अन्तर्गतको समिति, कम्पनी लगायतका निकायहरुले तयार गरेको ऐन, नियम, विनियमावलीहरुको नयाँ मस्यौदा, संशोधन तथा परिमार्जन सम्बन्धी मस्यौदामा राय, परामर्श प्रदान गर्ने र पुनरावलोकन गर्न सहयोग गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयसँग सम्बन्धित मानव अधिकारको विषयमा मन्त्रालयको सम्पर्क व्यक्तिको रुपमा कार्य गर्ने,
  • प्रचलित कानूनबाट प्रदत्त अन्य कार्यहरु।

(ग) प्रशासन शाखाको कार्य विवरणः

  • मन्त्रालयको जिन्सी व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • खरिद सम्बन्धी कार्यहरु,
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रबाट आउने र मन्त्रालयमा प्राप्त हुने उजुरीहरुको कार्यान्वयन र व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • मन्त्रालयको बाहिरी परिसर र आन्तरिक सरसफाई सम्बन्धी कार्यहरु,
  • मन्त्रालयको आन्तरिक सुरक्षा व्यवस्था सम्बन्धी कार्यहरु,
  • मन्त्रालयभित्र कर्मचारीहरुको आन्तरिक पदस्थापन र जिम्मेवारी सम्बन्धी कार्यहरु,
  • मन्त्रालय भवन, सवारी साधन र जिन्सी सामानको मर्मत सम्भार गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • सवारी साधनको परिचालन र व्यवस्थापन गर्ने सम्बन्धी कार्यहरु,
  • मन्त्रालयको सामान्य प्रशासन सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुसँग सम्बन्धित प्रशासनिक कार्य सम्बन्धी कार्यहरु,
  • मानव स्रोत विकास (Human Resources Development) सम्बन्धी कार्यहरु,
  • मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरुको भौतिक साधनहरुको अनुगमन, निरीक्षण सम्बन्धी कार्यहरु,
  • स्वदेश तथा विदेशमा संचालन हुने विभिन्न तालिम, गोष्ठी, अध्ययन, अध्ययन भ्रमण, सभा सम्मेलनमा कर्मचारी मनोनयन सम्बन्धी कार्यहरु,
  • कर्मचारीहरुको सरुवा, बढुवा, अवकास, पदपूर्ति, कार्य सम्पादन मुल्याङ्कन, दरवन्दी स्वीकृति सम्बन्धी कार्यहरु,
  • सुशासन तथा नागरिक वडापत्र बमोजिम कार्य भए नभएको अनुगमन सम्बन्धी कार्यहरु,
  • मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयको जनशक्ति विकास र कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु,
  • निजामती सेवा ऐन बमोजिम मन्त्रालयले संचालन गर्न तोकिएका विभिन्न सेवा समूह सम्बन्धी पदहरुको कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु।

(घ) सरकारी उद्योग तथा संस्थान शाखाको कार्यविवरणः

  • मन्त्रालय अन्तर्गतका सबै उद्योग, समिति, संस्थान र प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा कामकाज गर्ने,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठान सम्बन्धी विषयहरुको नीति नियम तर्जुमा, निर्देशन, नियन्त्रण सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानमा अध्यक्ष, महाप्रबन्धकको नियुक्तीको मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानमा अध्यक्ष, महाप्रबन्धक र संचालकहरुको नियुक्ती प्रक्रिया अगाडी बढाउने सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानहरुको सञ्चालनको सहजीकरण सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानहरुको Corporate Governance को प्रवर्द्धन सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानबाट भएका कार्यको नियमन, अनुगमन तथा मुल्याङ्कन सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानबाट भएका निर्णयको अभिलेख तथा निर्णयहरु नियम सम्मत भए नभएको सम्बन्धमा जाँचबुझ सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको वित्तीय स्वास्थ्य (Fiscal Health) को लेखाजोखा र अनुगमन सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको वित्तीय सुशासन (Fiscal Governance) को लेखाजोखा र अनुगमन सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग र संस्थानहरुको ऋणको नियमन, अनुगमन तथा लेखा जोखा सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको विनिवेश लगायत पुनःसंरचना सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको अचल सम्पत्तिहरुको अभिलेख सम्बन्धी कार्यहरु,
  • सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानसँग सम्बन्धित अन्य कार्यहरु।