खानी तथा भूगर्भ विभागमा पदाधिकार रहेका नेपाल इन्जिनियरिड सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प.तृतीय (प्रा.), जियोलोजिष्ट श्री गौतम प्रसाद खनाल (कर्मचारी संकेत नं. २०१२९४) ले सफाइ पेस गर्ने बारेको सूचना!

 (सूचना प्रकाशित मिति: २०८३/४/१६ गते)
तपाईं आफू कार्यरत रहेको निकाय खानी तथा भूगर्भ विभागमा मिति २०८२/०४/०९ देखि हालसम्म बिना सूचना ९० (नब्बे) दिनभन्दा बढी लगातार अनुपस्थित रहनु भएको देखिएको हुँदा के-कति कारणले अनुपस्थित रहनु भएको हो? अनुपस्थित रहनुको स्पष्ट कारण सहित बाटोको म्यादवाहेक १५ (पन्ध्र) दिन भित्र निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम सफाइ पेस गर्न यस मन्त्रालयको मिति २०८३/४/१४ (सचिवस्तर) को निर्णयानुसार यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। तोकिएको समयभित्र सफाइ पेस नगरेमा तपाईलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपवफा (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोर्य नठहरिने गरी सेवाबाट हटाउने व्यहोरा समेत सूचित गरिन्छ।