- सरकारी रुग्ण उद्योगको व्यवस्थापन सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठान सम्बन्धी विषयहरुको नीति नियम तर्जुमा, नियमन, अनुगमन, मुल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी कार्यहरु,
- आन्तरिक व्यवस्थापन सम्बन्धी कार्यहरु, ६. मन्त्रालय र मातहत निकायको चल अचल सम्पत्तिको अभिलेख, व्यवस्थापन र संरक्षण सम्बन्धी कार्यहरु,
- उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन सम्बन्धी नीति, कानून, मापदण्ड नियमन सम्बन्धी कार्यहरु,
- उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति, कानून मापदण्ड र नियमन सम्बन्धी कार्यहरु,
- अत्यावश्यक वस्तुहरुको राष्ट्रिय मौज्दात (बफर स्टक), सार्वजनिक गोदाम, तथा राष्ट्रियस्तरमा अत्यावश्यक वस्तु तथा सेवाको सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था सम्बन्धी कार्यहरु,
- पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन, भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन सम्बन्धी कार्यहरु,
- आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिण्डिकेट तथा कार्टेलिङ्गको नियन्त्रण सम्बन्धी नीति, कानून र नियमन सम्बन्धी कार्यहरु,
- आपूर्तिसँग सम्बन्धित सार्वजनिक संस्थानको संचालन र नियमन सम्बन्धी कार्यहरु,
- उपभोक्ता हित संरक्षण विभाग सम्बन्धी कार्यको समन्वय सम्बन्धी कार्यहरु,
- उपभोक्ता हक संरक्षण सम्बन्धी संवैधानिक व्यवस्था सम्बन्धी कार्यहरु,
- उद्योग, वाणिज्य तथा आपूर्ति सम्बद्ध निजी संस्थाहरुसँग सहकार्य गरी आपूर्ति व्यवस्था सहज तुल्याउने सम्बन्धी कार्यहरु।
आपूर्ति, नीति नियमन शाखा
- उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन सम्बन्धी नीति, कानून र मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
- उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको नियमित आपूर्तिको नियमन र अनुगमन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
- उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य तथा गुणस्तर सम्बन्धी अध्ययन अनुसन्धान गर्ने गराउने सम्बन्धी कार्यहरु,
- आपूर्तिसँग सम्बन्धित सम्बन्धित सार्वजनिक संस्थानहरुको संचालन सम्बन्धी कार्यहरु,
- अन्तर्गतका सार्वजनिक संस्थानहरुको कार्य सञ्चालन सम्बन्धमा नियमित अनुगमनको व्यवस्था गरी आवश्यकतानुसार निर्देशन दिने सम्बन्धी कार्यहरु,
- आपूर्ति सम्बन्धी सूचना संकलन तथा प्रकाशन सम्बन्धी कार्यहरु,
- आपूर्ति, वितरण, मूल्य नियन्त्रण र गुणस्तर सम्बन्धी नीति, कानून र मापदण्डको कार्यान्वयन र नियमन सम्बन्धी कार्यहरु,
- आपूर्ति सम्बन्धी निजि तथा गैर सरकारी संस्थासँग सम्पर्क तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
- लक्षित समूह/व्यक्ति परिवारलाई सरल र सुपथ ढंगबाट अत्यावश्यक वस्तुहरू आपूर्ति गर्ने सम्भावनाको खोजी गर्ने सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने गराउने सम्बन्धी कार्यहरु,
- अत्यावश्यक वस्तुहरुको राष्ट्रिय मौज्दात (बफर स्टक) अद्यावधिक गर्ने, गराउने तथा सार्वजनिक गोदामहरुको व्यवस्थापन गर्ने गराउने सम्बन्धी कार्यहरु,
- पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन सम्बन्धी कार्य गर्ने गराउने सम्बन्धी कार्यहरु,
- राष्ट्रिय स्तरमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्था मिलाउने सम्बन्धी कार्यहरु,
- आपूर्ति तथा वितरण सम्बन्धमा सरकारी संस्थानहरू र अन्य सम्बन्धित निकायहरू जस्तै-मन्त्रालय, विभाग, आयोगहरूबीच समन्वय कायम गर्ने सम्बन्धी कार्यहरु,
- आपूर्तिसँग सम्बन्धित विषयमा नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा समन्वय गर्ने सम्बन्धी कार्यहरु।
उपभोक्ता हित संरक्षण तथा बजार समन्वय शाखा
- उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति कानून र मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
- उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी नीति कानून र मापदण्ड कार्यान्वयन तथा नियमन सम्बन्धी कार्यहरु,
- उपभोक्ताको हक अधिकार संरक्षण सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने, गराउने सम्बन्धी कार्यहरु,
- उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी निजि तथा गैर सरकारी संस्थासँग सम्पर्क तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
- उपभोक्ता संस्थाहरुको परिचालन तथा नियमन सम्बन्धी कार्यहरु,
- उपभोक्ता सचेतना अभिवृद्धि सम्बन्धी कार्यहरु,
- उपभोक्ता अदालत गठन तथा सञ्चालन सम्बन्धी कार्यहरु,
- सर्वसाधारणको दैनिक जीवनयापनसग सम्बन्धित अत्यावश्यक वस्तुहरुको सूचीलाइ अद्यावधिक गर्ने, गराउने सम्बन्धी कार्यहरु,
- उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धी विषयमा प्रदेश र स्थानिय तहसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु,
- उपभोक्ता हित संरक्षण विभाग सम्बन्धी कार्यको समन्वय सम्बन्धी कार्यहरु,
- उपभोक्ता हक संरक्षण सम्बन्धी संवैधानिक व्यवस्था सम्बन्धी कार्यहरु।
- आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिण्डीकेट तथा कार्टेलिङ्ग सम्बन्धी नीति योजना तथा कानून निर्माण गरी कार्यान्वयन गर्ने गराउने सम्बन्धी कार्यहरु,
- राष्ट्रियस्तरमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सम्बन्धी सूचना संकलन, विश्लेषण र प्रक्षेपण गर्ने, गराउने सम्बन्धी कार्यहरु,
- आन्तरिक बजार व्यवस्थापन सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने सम्बन्धी कार्यहरु,
- बजारमा विक्री वितरण हुने अत्यावश्यक वस्तुहरुको मूल्य (भारत तथा अन्तर्राष्ट्रिय बजार समेतको) संकलन तथा अद्यावधिक गर्ने, गराउने सम्बन्धी कार्यहरु,
- अत्यावश्यक वस्तुहरुको उत्पादन लागत, बजार मूल्यका साथै आयातित वस्तुहरुको समेत मूल्य विश्लेषण सम्बन्धी कार्यहरु,
- आन्तरिक तथा बाह्य बजारको मूल्य अध्ययन तथा विश्लेषण गरी मूल्य प्रक्षेपण सम्बन्धी कार्यहरु,
- विभिन्न क्षेत्रमा रहेका अत्यावश्यक वस्तुहरुको मौज्दात विवरण संकलन गरी अद्यावधिक राख्न निर्देशन दिने सम्बन्धी कार्यहरु,
- आन्तरिक उत्पादन, खपत हुने परिमाण र वितरण व्यवस्थापन सम्बन्धमा अद्यावधिक विवरण तयार गर्ने र सहज आपूर्तिको व्यवस्थापनको लागि उपयुक्त उपायको खोजी गर्ने सम्बन्धी कार्यहरु,
- अत्यावश्यक वस्तुको आपूर्ति (माग र आपूर्ति) प्रक्षेपण गर्ने सम्बन्धी कार्यहरु,
- अत्यावश्यक वस्तुको सञ्चय र सो को पूर्वाधार विकास सम्बन्धी कार्यहरु,
- निर्माण सामग्री, इन्धन लगायत अन्य अत्यावश्यक वस्तुहरूको मौज्दातको विवरण अद्यावधिक गरी राख्ने, राख्न लगाउने सम्बन्धी कार्यहरु,
- आन्तरिक बजार व्यवस्थापन सम्बन्धमा प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु।
संस्थान समन्वय शाखा
- मन्त्रालय अन्तर्गतका सबै उद्योग, समिति, संस्थान र प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा कामकाज गर्ने,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठान सम्बन्धी विषयहरुको नीति नियम तर्जुमा, निर्देशन, नियन्त्रण सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानमा अध्यक्ष, महाप्रबन्धकको नियुक्तीको मापदण्ड बनाउने सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानमा अध्यक्ष, महाप्रबन्धक र संचालकहरुको नियुक्ती प्रक्रिया अगाडी बढाउने सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानहरुको सञ्चालनको सहजीकरण सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानहरुको Corporate Governance को प्रवर्द्धन सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानबाट भएका कार्यको नियमन, अनुगमन तथा मुल्याङ्कन सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानबाट भएका निर्णयको अभिलेख तथा निर्णयहरु नियम सम्मत भए नभएको सम्बन्धमा जाँचबुझ सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको वित्तीय स्वास्थ्य (Fiscal Health) को लेखाजोखा र अनुगमन सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको वित्तीय सुशासन (Fiscal Governance) को लेखाजोखा र अनुगमन सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग र संस्थानहरुको ऋणको नियमन, अनुगमन तथा लेखा जोखा सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको विनिवेश लगायत पुनःसंरचना सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानको अचल सम्पत्तिहरुको अभिलेख सम्बन्धी कार्यहरु,
- सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित उद्योग, समिति, संस्थान र प्रतिष्ठानसँग सम्बन्धित अन्य कार्यहरु।