महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ दिल्लागा सप्तमी - २२

परिचय

मुलुकमा औद्योगिक क्रियाकलापहरुलाइ प्रवर्द्वन गर्न तथा व्यापार व्यवसायका लागि अनुकूल वातावरण तयार गर्ने हेतुले नेपालका तत्कालीन प्रधानमन्त्री जुद्धसमशेर जंगबहादुर राणाबाट वि.सं. १९९३ सालमा उद्योग परिषदको स्थापना भएको थियो ।सोही वर्ष नेपालमा पहिलोपटक कम्पनी सम्बन्धी कानून र औद्योगिक व्यवसायसँग सम्बन्धित कानून लागू भएका थिए । वि.सं. २०३८ सालमा उद्योग तथा वाणिज्य मन्त्रालयको स्थापना भएकोमा वि.सं. २०४० सालमा सो मन्त्रालयको क्षेत्राधिकार बढाइ आपूर्तितर्फको जिम्मेवारी समेत प्रदान गरियो । तत्पश्चात सोही सालमा उद्योग, वाणिज्य र आपूर्ति गरी तीनवटा मन्त्रालयको स्थापना गरी अस्तित्वमा रहेको पाइन्छ । वि.सं. २०५७ सालमा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयलाइ एक आपसमा गाभी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थापना भएकोमा पछि २०६५ सालमा सो मन्त्रालयलाइ उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी दुइ फरक मन्त्रालयको रुपमा पुनर्गठन गरिएको थियो । तत्पश्चात वि.सं. २०७२ सालमा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाइ विभाजन गरी वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालय गरी दुइ फरक मन्त्रालयको गठन गरिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७४ को निर्णय अनुसार यी तीनवटै मन्त्रालयलाइ एक आपसमा गाभी उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयो गठन भएको छ । यस मन्त्रालय विशिष्ट र संवेदनशील प्रकृतिको कार्यक्षेत्र भएको नेपाल सरकारको एउटा महत्वपूर्ण मन्त्रालय हो। मुलुकको उद्योग, वाणिज्य र उपभोग्य सामग्रीको आपूर्ति क्षेत्रलाई सबल र सुदृढ तुल्याउँदै औद्योगिक वातावरण सिर्जना, लगानी प्रवर्द्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, सहजीकरण र नियमन, औद्योगिक सम्पत्तिको संरक्षण, औद्योगिक पूर्वाधारको व्यवस्था जस्ता मुख्य कार्यमा मन्त्रालय संलग्न रहँदै आएको छ। यसको लागि उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रसँग सम्बद्ध आवश्यक नीति तथा कार्यक्रमहरूको तर्जुमा गर्ने, तर्जुमा गरिएका नीति तथा कार्यक्रमहरूलाई विभिन्न मन्त्रालय, नेपाल सरकारका अन्य निकाय, निजी क्षेत्र तथा दातृनिकायसँग समन्वय गरी कार्यान्वयन गर्ने, सञ्चालित कार्यक्रमहरूको अनुगमन तथा मुल्याँकन गरी पृष्ठपोषण गर्ने लगायतका कार्यमा मन्त्रालय संलग्न रहदै आएको छ । मन्त्रालयले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०७४, औद्योगिक नीति, २०६७, वाणिज्य नीति;२०७२, नेपाल व्यापार एकिकृत रणनीति २०१६, आवधिक योजनाहरू लगायत वाणिज्य क्षेत्रसँग सम्बद्ध ऐन तथा नियमावलीले निर्दिष्ट गरे बमोजिम उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको विकास र प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ बमोजिम यस मन्त्रालयको कार्यक्षेत्र देहाय बमोजिम रहेको छ