महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ दिल्लागा अष्टमी - २३

महाप्रवन्धक नियुक्तिका लागि गठित सिफारिस समितिको दरखास्त आव्हान सम्बन्धी सूचना ।

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको

महाप्रवन्धक नियुक्तिका लागि गठित सिफारिस समितिको दरखास्त आव्हान सम्बन्धी सूचना ।

प्रकाशित मितिः २०८1/2/23

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ तथा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको नियमावलीमा तोकिए बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकवाट यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र (कार्यालय समयमा) मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौंमा दरखास्त दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

  • योग्यता तथा अनुभवः    

      -दरखास्त दिने अन्तिम मितिमा उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको,

-मान्यता प्राप्त विश्वविद्यालयवाट उक्त लिमिटेडको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ्ग, कानून, मानविकी, जनप्रशासन वा समाजशास्त्रमा स्नात्तकोत्तर गरेको र नेपाल सरकार वा अन्य कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच बर्षको अनुभव प्राप्त गरेको,

-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा  मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको,

-अन्य प्रचलित कानूनले अयोग्य नभएको ।

  • निवेदकले दरखास्तसाथ पेश गर्नुपर्ने कागजातहरुः

-दरखास्तसाथ यस मन्त्रालयको वेवसाइट www.moics.gov.np मा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को अनुसूची-२ बमोजिमको ढाँचामा दुई प्रति पासपोर्ट साइजको फोटो, मन्त्रालयको वेवसाइटमा रहेको नमूना वमोजिमको स्वघोषणा फाराम, वैयक्तिक विवरण तथा शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र सम्वन्धित निकायवाट प्रमाणित अनुभव खुल्ने कागजातका प्रतिलिपीहरुलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

-अनुभवको विवरण पेश गर्दा काम गरेको संस्थाको नाम, काम गरेको कूल समयावधि (वर्ष, महिना, दिन समेत) खुलाई स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने छ ।

-उम्मेदवारले दरखास्तसाथ नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड सञ्चालनका लागि मन्त्रालयको वेवसाइट www.moics.gov.npमा रहेको व्यावसायिक कार्ययोजनाका विषय समावेश हुने गरी बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना २ (दुई) प्रति एउटै खाममा सिलबन्दी गरी पेश गर्नुपर्ने छ ।व्यावसायिक कार्ययोजना A4 साइजको सादा सेतो कागजमा एकापट्टि मात्र टाइप गरिएको हुनुपर्ने छ । व्यावसायिक कार्ययोजना नेपाली वा अग्रेजी भाषामा लेख्न सकिनेछ ।

  • व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताः

दरखास्त स्वीकृत भई छनौट सूचीमा परेका उम्मेदवारले आफूले पेश गरेको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तरवार्ताको लागि तोकिएको स्थान, मिति र समयमा सहभागी हुनुपर्नेछ ।

 

  • दरखास्त दस्तुरः

दरखास्त दस्तुरबापत यस मन्त्रालयको कार्यालय कोड नं.३०७००३५०१ राजस्व खाता नं. १०००१००२०००१०००० राजस्व शीर्षक नं. १४२२४ मा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैक लिमिटेड, सिंहदरवार शाखामा रु.५०००/- (अक्षरुपी पाँच हजार मात्र) बुझाएको सक्कलै भौचर पेश गर्नुपर्नेछ।

 

  • पारिश्रमिक र अन्य सुविधाः तोकिए बमोजिम हुनेछ ।

 

  • अन्य विवरणः

   -यो सूचना बमोजिम रित नपुगी दर्ता हुन आएका दरखास्त सिफारिस समितिबाट अस्वीकृत हुनेछ ।

    - सरकारी निकाय वा संस्थानमा कार्यरत आवेदकको हकमा कार्यरत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र दरखास्त साथ पेश गर्नुपर्नेछ ।

    -आवेदकले झुट्टा विवरण वा कागजात पेश गरेको पाइएमा जुनसुकै बखत आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

    -यस सम्बन्धी थप जानकारीका लागि यस मन्त्रालयको वेबसइट www.moics.gov.np वा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाको फोन नं. ०१-४२११४९९ मा सम्पर्क गर्न सकिनेछ ।

नोटः कार्ययोजनाको अग्रपृष्ठ (Cover Page) मा बाहेक अन्य पृष्ठमा आफ्नो नाम, हस्ताक्षर वा अन्य कुनै संकेत राख्न पाइने छैन । त्यस्तो कुनै संकेत राखेको पाईएमा उम्मेद्धवारको दरखास्त रद्ध गरिनेछ । कार्ययोजना पेश गर्दा अग्रपृष्ठ (Cover Page) वाहिर संलग्न कोडिङ फाराम attach गरी उक्त फारमको दाँयाँपट्टी नाम, थर र ठेगाना मात्र उल्लेख गर्ने ।

                            

               

1717580526_68.pdf.pdf

1717580526_77.docx.docx

1717580526_1.docx.docx

1717663717_83.pdf.pdf