महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व तृतीया - ३

द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा

द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाको कार्य विवरण

  • द्विपक्षीय व्यापार र पारवहन सम्बन्धी वार्ता, सन्धि, सम्झौता र सोको कार्यान्वयन र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • साफ्टा, बिमस्टेक लगायत क्षेत्रीय, उप-क्षेत्रीय व्यापार तथा स्वतन्त्र व्यापार क्षेत्र सम्बन्धी संस्थासँग सम्पर्क, समन्वय, वार्ता, सन्धि, सम्झौता र सोको कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • क्षेत्रीय व्यापार र पारवहन सम्बन्धी वार्ता, सन्धि, सम्झौता र सोको कार्यान्वयन र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय, द्विपक्षीय तथा क्षेत्रीय व्यापार सहजीकरण सम्बन्धी नीति, कानून, मापदण्डको कार्यान्वयन र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय, द्विपक्षीय तथा क्षेत्रीय व्यापारिक कारोबारको व्यवस्थापन, कार्यान्वयन र नियमन सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, एक्स्पो तथा प्रदर्शनीमा सहभागिता र समन्वय सम्बन्धी कार्यहरु,
  • द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार सन्दर्भमा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुसँग समन्वय र सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार सन्दर्भमा नेपालस्थित विदेशी कूटनीतिक नियोगहरुसँग समन्वय र सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • अन्तरप्रादेशिक व्यापार सम्बन्धी नीति, कानून, व्यापार सहजीकरण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • पारवहन, अन्तर्राष्ट्रिय परिवहन व्यवस्था, वस्तको बहबिधिक ढुवानी (Multimodal Transport) सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा कार्यान्वयन, अनगुमन र नियमन सम्बन्धी कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • व्यापारजन्य पूर्वाधारहरु सख्खा बन्दरगाह (ICD), एकीकृत जाँच चौकी (ICP), अन्तर्राष्ट्रिय कन्टेनर फ्रेट स्टेशन (CFS) को विकास, गोदाम निर्माण र गोदाम सेवा र कार्गो ढुवानी सम्बन्धी नीति र कार्यक्रम संचालन तथा अनगुमन र मूल्यांकनको कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • वाणिज्य क्षेत्रका समिति तथा कम्पनीहरूको कार्य संचालन सम्बन्धमा नियमित अनगुमन, मुल्याङ्कनको व्यवस्था गरी आवश्यकतानसुार निर्देशन दिने सम्बन्धी कार्यहरु,
  • निकासी पैठारी व्यवस्थित गर्ने नीतिगत निर्णय सम्बन्धी कार्यहरु,
  • निर्यात प्रवर्द्धन सम्बन्धी नीति, रणनीतिको कार्यान्वयन तथा कार्यक्रम संचालन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • आयात निर्यातका प्रक्रियागत विषयको विश्लेषण र सुधार सम्बन्धी समन्वय गर्ने गराउने सम्बन्धी कार्यहरु,
  • निर्यात प्रवर्द्धनको लागि स्थापित वस्तगुत संघ संस्था, समिति, संस्थासित सम्पर्क, समन्वय गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • पारवहन र व्यापार सहजीकरण सम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • नेपाली दूतावास र अवैतनिक वाणिज्य दूतहरूलाई द्विपक्षीय व्यापार वृद्धि गर्न परिचालन तथा समन्वय गर्ने, गराउने सम्बन्धी कार्यहरु।

(क) क्षेत्रीय तथा अन्य द्विपक्षीय व्यापार तथा पारवहन शाखाको कार्य विवरण

  • क्षेत्रीय व्यापार सम्बन्धी विषयहरूमा मन्त्रालयको सम्पर्क बिन्दु (Focal Point) सम्बन्धी कार्यहरु,
  • क्षेत्रीय व्यापार सम्बन्धी संस्थाको सदस्यता प्राप्त गर्ने, समन्वय र सम्पर्क गर्ने सम्बन्धी कार्यहरु,
  • SAFTA, SATIS, BIMSTEC लगायत क्षेत्रीय व्यापार सम्बन्धी वार्ता गर्ने, सम्झौता गर्ने, सम्झौता कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
  • SAARC/SAFTA तथा BIMSTEC जस्ता संस्थाको सदस्यको हैसियतले उक्त समूहमा हुने व्यापारसम्बन्धी गतिविधिमा संलग्नता, सम्पर्क र समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • South Asia Sub-Regional Economic Cooperation (SASEC) र BBIN सम्बन्धी कार्यहरु,
  • क्षेत्रीय व्यापार अभिवृद्धिका लागि गैर-भन्सार अवरोध (Non-tariff Barriers) हटाउने/न्यूनीकरण गर्ने सम्बन्धमा पहल गर्ने सम्बन्धी कार्यहरु,
  • Asia Pacific Trade Agreement (APTA) सम्बन्धी कार्यहरु,
  • SAFTA, BIMSTEC, ASEAN, European Union लगायतका क्षेत्रीय व्यापार संरचनाका सचिवालयसितको सम्पर्क र समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • क्षेत्रीय व्यापार अभिवृद्धिका लागि समय समयमा आयोजना हुने बैठकहरूमा सहभागी भई नेपालको अवधारणा तथा दृष्टिकोण प्रस्तुत गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालको दौत्यसम्बन्ध कायम भएका तथा नेपालको उच्च व्यापार सम्बन्ध भएका भारत र चीन बाहेकका मुलुकहरुसँगको द्विपक्षीय व्यापार¸ सम्झौता र निर्यात प्रवर्द्धन सम्बन्धी कार्यहरु,
  • नेपालको आयात-निर्यात व्यापार सम्भाव्यता भएका मुलुकहरुसँग व्यापार वार्ता तथा सम्झौता, स्वतन्त्र व्यापार क्षेत्र सम्बन्धी वार्ता तथा सम्झौता¸ द्विपक्षीय व्यापार तथा लगानी सम्बन्धी वार्ता तथा सम्झौता, MoU/Framework Agreement सम्बन्धी कार्यहरु,
  • सम्बन्धित दूतावास, महावाणिज्य दूतसित सम्पर्क, समन्वय व्यापार निर्यात प्रवर्द्धन तथा लगानी विषयक सूचना आदान प्रदान गर्ने सम्बन्धी कार्यहरु,
  • विभिन्न मुलुकले नेपाल लगायतका अतिकम विकसित मुलुकलाई उपलब्ध गराएको GSP/DFQF लगायतका सुविधाको अभिलेख राख्ने र त्यस सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउने सम्बन्धी कार्यहरु,
  • भारत र चीन बाहेक अन्य द्विपक्षीय व्यापार तथा पारवहन विषयक अध्ययन, अनुसन्धान र सर्वेक्षण सम्बन्धी कार्यहरु,
  • पारवहन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि/सम्झौता/कार्य योजनाहरुको कार्यान्वयन, अनुगमनका साथै यस सम्बन्धी राष्ट्रिय कार्य योजनाको तर्जुमा तथा कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालको आयात-निर्यात व्यापार सम्भाव्यता उच्च भएका मुलुकहरुको ट्रेड प्रोफाइल तयार गर्ने सम्बन्धी कार्यहरु,
  • Advisory Committee on Trade and Transit Negotiation सम्बन्धी कार्यहरु,
  • भारत र चीन बाहेक अन्य मुलुक र नेपाल बीच सडक तथा रेलमार्गबाट हुने पारबहन ढुवानी सम्बन्धी वार्ता, सन्धि, सम्झौता कार्यान्वयन, संशोधन, नवीकरण र नियमन गर्ने,
  • अन्य मुलुकहरुसँगको नेपालको आयात निर्यात व्यापारमा सहयोग पुर्याउन पारवहनको लागि सडक तथा रेलमार्गको पहिचान गर्ने, तोक्ने (Designate) र उपयोग गर्ने सम्बन्धी कार्य गर्ने,
  • क्षेत्रीय तथा अन्य द्वीपक्षीय व्यापार र पारबहनसँग सम्बन्धित अन्य सम्पुर्ण कार्यहरु गर्ने।

(ख) द्विपक्षीय व्यापार तथा पारवहन (चीन) शाखाको कार्य विवरण

  • नेपाल-चीन वाणिज्य वार्ता, सन्धि, सम्झौता कार्यान्वयन, संशोधन, नवीकरण र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • नेपाल-चीनबीच सडक तथा रेलमार्गबाट हुने पारवहन ढुवानी सम्बन्धी वार्ता, सन्धि, सम्झौता कार्यान्वयन, संशोधन, नवीकरण र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • नेपाल-चीन बीच अन्तर सरकारी संयन्त्र, नेपाल-तिब्बत व्यापार सहजीकरण समिति लगायत अन्य प्राविधिक समितिहरुको बैठक आयोजना तथा सहभागिता सम्बन्धी कार्य गर्ने । नेपालको तर्फबाट त्यस्ता अन्तर सरकारी संयन्त्रहरुको बैठकमा छलफल गरिने एजेन्डा तय गर्ने, विषयवस्तुको छनौट, वार्ता, सम्झौता र कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
  • नेपाल-चीनबीच अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी वार्ता, सन्धि, सम्झौता, कार्यान्वयन, संशोधन, नवीकरण र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • चीनसँग जोडिएका सीमा नाकाहरुमा व्यापारजन्य पूर्वाधारहरु ICP/ICD/CFS को विकास, गोदाम निर्माण र गोदाम सेवा विस्तार सम्बन्धी कार्यहरु,
  • चीनसँग जोडिएका सीमा नाकाहरुमा क्वारेन्टाइन/प्रयोगशाला स्थापना तथा संचालन सम्बन्धी कार्यहरुमा समन्वय र सहजीकरण गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालको आयात निर्यात व्यापारमा सहयोग पुर्याउन पारवहनको लागि सडक तथा रेल मार्गको पहिचान गर्ने, तोक्ने (Designate) र उपयोग गर्ने सम्बन्धी कार्यहरु,
  • तेस्रो मुलुकबाट चिनियाँ बन्दरगाह हुँदै नेपाल पैठारी हुने तथा नेपालबाट चीन हुँदै तेस्रो मुलुकमा निकासी हुने वस्तुको क्लियरिङ अन्डरटेकिङ सेवा, कार्गो गोदाम लगायत लजिस्टिक सम्बन्धी सुविधा व्यवस्थापन सम्बन्धी कार्यहरु,
  • व्यापार र पारवहनका लागि चीनस्थित नेपाली नियोगहरुसँग सम्पर्क र समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालको व्यापार र पारवहन सुविधा विस्तारका लागि उपयुक्त चिनियाँ बन्दरगाहहरुको पहिचान र उपयोग सम्बन्धी कार्यहरु,
  • नेपाल-चीनबीच विद्यमान व्यापार तथा पारवहन नाकाहरुको प्रभावकारी सञ्चालन, व्यवस्थापन, सुविधा विस्तार तथा पुनरावलोकन सम्बन्धी कार्यहरु,
  • तेस्रो मुलुकबाट चीन हुँदै आयात निर्यात हुने व्यापार अभिवृद्धि गर्न वस्तुको बहुविधिक ढुवानी (Multimodal Transport) सम्बन्धी कार्यहरु,
  • नेपाल र चीनबीच व्यापार विस्तारका लागि बेल्ट एण्ड रोड प्रयास (Belt and Road Initiatives) को सदुपयोग गर्दै व्यापार तथा पारवहनजन्य पूर्वाधार विकास सम्बन्धी कार्यहरु,
  • नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वत बीच व्यापार, पारवहन तथा अन्य सम्बन्धित विषयहरू सम्बन्धी कार्यहरु,
  • नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड, नेपाल इन्टरमोडल यातायात विकास समितिको चीनसँग सम्बन्धी कार्यहरु,
  • नेपाल-चीन बीचको ट्रेड प्रोफाइल तयार गर्ने सम्बन्धी कार्यहरु।

(ग) द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाको कार्य विवरण

  • नेपाल-भारत वाणिज्य वार्ता, सन्धि, सम्झौता कार्यान्वयन, संशोधन, नवीकरण र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • नेपाल-भारत पारवहन वार्ता, सन्धि, सम्झौता कार्यान्वयन, संशोधन, नवीकरण र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • नेपाल-भारत अन्तर सरकारी संयन्त्र (Inter Government Committee/ Inter Governmental Sub Committee) लगायत अन्य प्राविधिक समितिहरुको बैठक आयोजना सम्बन्धी कार्य, नेपालको तर्फबाट त्यस्ता अन्तर सरकारी संयन्त्रहरुको बैठकमा छलफल गरिने एजेन्डा तय गर्ने, विषयबस्तुको छनौट, वार्ता, सम्झौता र कार्यान्वयन गर्ने सम्बन्धी कार्यहरु,
  • नेपाल-भारत अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी वार्ता, सन्धि, सम्झौता, कार्यान्वयन, संशोधन, नवीकरण र नियमन गर्ने सम्बन्धी कार्यहरु,
  • भारतसँग जोडिएका सीमा नाकाहरुमा व्यापारजन्य पूर्वाधारहरु ICP/ICD/CFS को विकास, गोदाम निर्माण र गोदाम सेवा विस्तार सम्बन्धी कार्यहरु,
  • भारतसँग जोडिएका सीमा नाकाहरुमा क्वारेन्टाइन/ प्रयोगशाला स्थापना तथा सञ्चालन सम्बन्धी कार्यहरुमा समन्वय र सहजीकरण गर्ने कार्यहरु,
  • नेपाल-भारत रेल सेवा सम्झौता सम्बन्धी वार्ता, नवीकरण, संशोधन र सम्झौताको कार्यान्वयन गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • नेपालको आयात निर्यात व्यापारमा सहयोग पुर्याउन पारवहनको लागि सडक तथा रेल मार्गको पहिचान गर्ने, तोकेने (Designate) र उपयोग गर्ने सम्बन्धी कार्यहरु,
  • तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै नेपाल पैठारी हुने तथा नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा निकासी हुने वस्तुको क्लियरिङ अन्डरटेकिङ सेवा, कार्गो गोदाम सम्बन्धी सुविधा लगायत लजिस्टिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने सम्बन्धी कार्यहरु,
  • व्यापार र पारवहनका लागि भारतस्थित नेपाली नियोगहरुसँग सम्पर्क र समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालको व्यापार र पारवहन सुविधा विस्तारका लागि थप भारतीय बन्दरगाहहरुको पहिचान र उपयोग सम्बन्धी कार्यहरु,
  • नेपाल-भारतबीच विद्यमान व्यापार तथा पारवहन नाकाहरुको प्रभावकारी सञ्चालन, व्यवस्थापन, सुविधा विस्तार तथा पुनरावलोकन सम्बन्धी कार्यहरु,
  • तेस्रो मुलुकबाट भारत हुँदै आयात निर्यात हुने व्यापार अभिवृद्धि गर्न वस्तुको बहुविधिक (Multimodal) ढुवानी सम्बन्धी कार्यहरु,
  • तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने जाने जलमार्ग (Inland Water Ways) को पहिचान, विकास र संचालन सम्बन्धी वार्ता, सन्धि, सम्झौता कार्यान्वयन, संशोधन, नवीकरण र नियमन सम्बन्धी कार्यहरु,
  • नेपाल पारवकन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड, नेपाल इन्टरमोडल यातायात विकास समितिको भारतसँग सम्बन्धी कार्यहरु,
  • नेपाल-भारत बीचको ट्रेड प्रोफाइल तयार गर्ने सम्बन्धी कार्यहरु ।

(घ) निर्यात प्रवर्द्धन तथा व्यापार सहजीकरण शाखाको कार्य विवरण

  • निर्यात प्रवर्द्धन सम्बन्धी नीति¸ रणनीति र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • निर्यातमा नगद तथा अन्य प्रोत्साहन दिने सम्बन्धी नीतिको तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • मुलुकको उच्च निर्यात सम्भावना भएका वस्तुहरूको पहिचान गरी निजी तथा सरकारी निकायसँग समन्वय गरी वस्तु विकास कार्यक्रमहरू संचालन तथा अनुगमन गर्ने सम्बन्धी कार्यहरु,
  • उत्पादित वस्तुको सहज बजार पहुँचका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • मुलुकको आयात-निर्यात प्रक्रियाका सम्बन्धमा अध्ययन विश्लेषण गरी सुधार गर्नुपर्ने विषयहरु पहिचान गरी सुझाव पेश गर्ने सम्बन्धी कार्यहरु,
  • मुलुकभित्र आयात हुने तथा मुलुकबाट बाहिर निकासी हुने विशिष्ट र संवेदनशील वस्तुको व्यवस्थापन र नियमन सम्बन्धी कार्यहरु,
  • मन्त्रालयबाट वस्तु आयात तथा निर्यात सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचनाको अद्यावधिक अभिलेख राख्ने ¸सो अनुसार कार्यान्वयनको व्यवस्था मिलाउने तथा सो सूचनालाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धी कार्यहरु,
  • वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधिको तर्जुमा¸ कार्यान्वयन र यस सम्बन्धी प्रशासनिक व्यवस्था गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालबाट विदेशमा हुने वस्तु तथा सेवाहरुको निकासीमा सिर्जना हुनसक्ने प्रशासनिक¸ प्रक्रियागत तथा अन्य समस्याको निराकरण सम्बन्धी कार्यहरु,
  • वस्तुगत निर्यात प्रवर्द्धनको लागि स्थापित संघ संस्था, समिति सँग सम्पर्क तथा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • देशगत र वस्तुगत निर्यात विविधीकरणको लागि अपनाउनुपर्ने उपायहरूबारे सम्बन्धित निकायिसत समन्वय गरी विश्लेषण लगायतका कार्य गर्ने सम्बन्धी कार्यहरु,
  • नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूको क्रेता र विक्रेताहरूको सँगठनसित सम्पर्क र समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, एक्स्पो तथा प्रदर्शनीको आयोजना र समन्वय सम्बन्धी कार्यहरु,
  • निकासी सम्बद्ध समस्या पहिचान र निराकरण गर्दै निकासी प्रवर्द्धन सम्बन्धी कार्यहरु,
  • व्यापार सम्बन्धी छाता सँगठनसितको समन्वय सम्बन्धी कार्यहरु,
  • अन्तर प्रदेश व्यापार सहजीकरण र समन्वय सम्बन्धी कार्यहरु,
  • व्यापार सहजीकरण सम्बन्धमा अन्तर मन्त्रालय/निकाय समन्वय सम्बन्धी कार्यहरु,
  • प्रदेशहरुबीचको व्यापार सहजीकरण तथा पूर्वाधार निर्माणको विषयमा समन्वय गर्ने सम्बन्धी कार्यहरु,
  • ट्रेड एडभाइजरी कमिटी तथा राष्ट्रिय व्यापार तथा यातायात सहजीकरण समितिको सचिवालय सम्बन्धी कार्यहरु,
  • व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र सम्बन्धी कार्यहरु ।