नेपाल, चीन, इन्डोनेशिया र भियतनामबाट भारतमा निर्यात गरिने पोलिष्टर सिंगल यार्न (Polyester Single Yarn) मा भारतले एन्टी-डम्पिङ शुल्क लगाउने सम्बन्धमा भारत सरकारको तर्फबाट Ministry of Commerce and Industries: Directorate General for Trade Remedies द्वारा प्रारम्भ गरिएको अनुसन्धान सम्पन्न भई अनुसन्धानको अन्तिम प्रतिवेदन भारतको राजपत्रमा सन् २०२१ अगष्ट १९ मा प्रकाशन भएको छ। उक्त प्रतिवेदन अनुसार नेपालबाट निर्यात गरिने पोलिष्टर सिंगल यार्नमा एन्टी-डम्पिङ शुल्क नलगाउन सिफारिश भएको छ। यसले नेपालको धागो उद्योग र समग्र निर्यात प्रवर्द्दनमा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ।